Nepal Life

नेपाल बीमा प्राधिकरणले किन दियो एशियन लाइफलाई यति एयरलाइन्समा लगानी गर्ने अनुमती ?

National Life
  • BFIS News
  • 2023 Sep Fri 15:04
नेपाल बीमा प्राधिकरणले किन दियो एशियन लाइफलाई यति एयरलाइन्समा लगानी गर्ने अनुमती ?
RBB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई एक अर्ब ७० करोड रुपैयाँ लगानी गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । करिव ६ अर्ब भन्दा माथि कर्जा रहेको र प्रमुख लगानीकर्ता शेयर बिक्री गरेर बाहिरिन खोजिरहेको अवस्थामा एशियन लाइफले ह्याण्ड ओभर गर्ने भएको हो ।

NIMB

यति धेरै कर्जा र वित्तीय अवस्था राम्रो नभएको कम्पनीमा बीमा प्राधिकरणले किन लगानी गर्न दियो भनेर आलोचना समेत भएको छ । बीमा प्राधिकरणले पनि यस विषयमा धेरै लामो समय अध्ययन गरेर सम्पुर्ण आधारहरुलाई हेरेर मात्रै अनुमति दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

बीमा प्राधिकरणमा पनि यस्तो कम्पनीमा लगानी गर्न दिने कि नदिने भनेर धेरै लामो समय छलफल भएको थियो । यस विषयमा कम्पनीले दुई तीन पटक नै आफ्नो तर्फबाट प्रस्तुतिकरण दिएको थियो । प्रस्तुतिका क्रममा नेपाल बीमा प्राधिकरणका अधिकारीहरु सुरुमै कन्भिन्स भने भएका थिए ।

यति एयरलाइन्सको डिडिए मूल्याङ्कनमा कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ रहेको छ । एयरलाइन्सले प्रतिशेयर नेटवर्थ भन्दा १० रुपैयाँ घटेर १७० रुपैयाँमा बिक्री गर्न राजी भए पछि कम्पनी व्यवस्थापन आकर्षित भएको थियो । यदि नेटवर्थ भन्दा धेरै मूल्यमा खरिद गर्न थालेको भए बीमा प्राधिकरणले पनि अनुमति दिन सोच्नु पर्ने अवस्था हुन्थ्यो एक अधिकारीले भने ‘कम्पनीको डिडिए प्रतिवेदन अनुसारको नेटवर्थ भन्दा घटेर शेयर खरिद बिक्री भएकाले यसमा जोखिम कम देखियो ।’ प्राधिकरणले लगानी गर्दै गर्दा यसका जोखिमका पाटालाई पनि हेर्नु पर्ने हुन्छ ।

अर्को तर्फ केहि महिना अगाडी मात्रै एयरलाइन्स प्रा.ली.बाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । एशियन लाइफले अहिले ४९ प्रतिशत स्वामित्व धारण गर्दैछ । अवको केहि समयमा एयरलाइन्सले प्राथमिक शेयर निष्काशन गर्ने तयारी सुरु गरिसकेको छ । प्रिमियममा शेयर जारी गर्ने भएकाले कम्पनीको जगेडा कोष बलियो हुने छ । जसबाट एयरलाइन्सको कर्जा भुक्तानी हुनेछ ।

कम्पनीले आफ्नो प्रस्तुतिकरणका क्रममा प्राथमिक शेयर निष्काशन पछि कम्पनीको हिस्सा घट्ने र चाहेको बखतमा शेयर बिक्री गरेर बाहिरिन सक्ने रणनीति पेश गरे पछि बीमा प्राधिकरण लगानीका लागि अनुमति दिन राजी भएको हो । स्रोतका अनुसार कम्पनीले प्राथमिक शेयर निष्काशन पछि आफ्नो लगानी बराबरको शेयर डाइभर्स गरेर सुरक्षित भएर बस्ने लगायतका रणनीति बनाएको छ ।

लगानी निर्देशिका अनुसार यस्तो क्षेत्रमा बीमा कम्पनीहरुले १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । यतिमा लगानी गरे पछि पनि कम्पनीको हवाइ तथा पर्यटन क्षेत्रमा कुल लगानीको ५ प्रतिशत हारामारी मात्रै हुने देखिएको प्राधिकरणले जनाएको छ । यदि सामान्य अवस्था थियो भने प्राधिकरणले अनुमति दिने थिएन । तर बीमा प्राधिकरणले गएका केहि वर्षदेखि बीमा कम्पनीहरुलाई मुद्दती निक्षेपमा मात्रै लगानी नगरी अन्यन्त्र क्षेत्रमा पनि लगानी गर्नु पर्यो भन्दै दवाव दिदै आएको थियो ।

कम्पनीले आफ्नो प्रस्तुतिका क्रममा एउटा अध्ययनलाई आधार मानेर नेपालको भुभाग तथा विविध कारणले गर्दा एउटा नेपाली नागरिकले औषतमा ६ महिनामा एक पटक प्लेन चढ्नै पर्ने देखिएको छ । यसले गर्दा नेपालमा हवाइ जहाजको व्यवसाय रहेको प्रोजेक्सन गरेका छन् ।

कुल रकमको थोरै रकम जोखिमको क्षेत्रमा लगानी गर्दा केहि राम्रो प्रतिफल आउछ भने किन लगानी नगर्ने भन्नेमा कम्पनी रहेको छ । त्यसमा पनि हवाइ जहान दुर्घटना भयो भने त्यसको सम्पुर्ण जोखिम बीमाबाट कभर हुने भएकाले पुर्ण रुपमा डुविहाल्दैन भन्ने कम्पनीको धारणा छ ।  

यति एयरलाइन्स नेपालमा आर्थिक उदारिकरणको व्यवस्था सँगै नीजि क्षेत्रबाट पहिलो पटक उडान भर्ने कम्पनी हो । सन् १९९८ मा स्थापना भएको यस एयरलाइन्सको संस्थापक लगानीकर्ता आङछिरिङ शेर्पा हुन् । नेपालको पर्यटन क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको यस व्यवसायीक घरानाले हावाइ क्षेत्रमा मात्रै नभएर ट्राभल एजेन्सीमा पनि लगानी गरेको छ । यसले नेपालको विकट क्षेत्रमा उडान भर्नका लागि भगिनी संस्थाको रुपमा तारा एयरलाइन्स पनि सञ्चालन गर्दै आइरहेको छ ।

सुगम क्षेत्रमा उडान भर्नका लागि यति एयरलाइन्सका ५ वटा एटीआर ७२–५०० जहाज रहेका छन् । तारा एयरलाइन्सले पनि ३ वटा ट्वीनेटर जहाज उडाउदै आएको छ । आङछिरिङको निधन सँगै यति एयरलाइन्सको व्यवसायिक यात्रामा ओरालो लागेको हो । कोभिड १९ को समयमा चरम नोक्सानीमा गएको एयरलाइन्सले गएको वर्षमा भने मुनाफा गरेको प्राधिकरणले जनाएको छ ।

एशियन लाइफले लगानीलाई विविधिकरण गर्ने क्रममा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । जलविद्युत कम्पनी, मर्चेन्ट बैंक, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएकोमा अव एयरलाइन्स कम्पनीमा पनि प्रवेश गरेको छ । बीमा कम्पनीले यस्ता जोखिमका क्षेत्रमा लगानी गर्दै गर्दा बीमितको हितलाई पनि संरक्षित हुने गरि काम गर्नु पर्छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार