Nepal Life

बैंक बीमा कम्पनीका सिइओदेखि कर्मचारी र अभिकर्ताले पढ्दै पर्ने पुस्तक ‘बिक्री कला’, पाठकको प्रतिक्रिया सहित

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Sat 06:57
बैंक बीमा कम्पनीका सिइओदेखि कर्मचारी र अभिकर्ताले पढ्दै पर्ने पुस्तक ‘बिक्री कला’, पाठकको प्रतिक्रिया सहित
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रमा अढाई दशक विताएका कमलबहादुर पाण्डेले आफ्नो जीवनको यथार्थ भोगाइ, अध्ययन र अनुभवका आधारमा तयार पारिएको ‘बिक्रीकला’ नाम सुन्दा समान्य लागे पनि यस भित्रका विषयवस्तुले अथाह ज्ञान प्रदान गर्छ । पुस्तकले बैंकिङ तथा बीमा क्षेत्रलाई नै आफ्नो भविष्य सोचेर अगाडी बढ्नु भएका कर्मचारी, अभिकर्ता तथा प्रमुख कार्यकारी अधिकृतहरुको क्षमता अभिबृद्धि तथा प्रस्तुतीकरणमा ठुलो मद्दत पुर्याउन सक्छ ।

 

NIMB

जन्मिँदै कसैले पनि सिकेर जानेर आएको हुँदैन । साथै सबै व्यक्ति सबै कुरामा पोख्त र अनुभवी हुँदैन । त्यसैले बिक्री कलाका विषयवस्तु पनि हरेक व्यक्तिका जीवनमा उपयोगी हुन सक्छ । यो बैंक बीमा क्षेत्रमा मात्रै नभएर जुनसुकै पेशा व्यवसायका व्यक्तिहरुका लागि उर्जा वान पुस्तक हो ।

उनको पुस्तकलाई लिएर विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूले प्रतिक्रिया दिएका छन् । नेपालको बीमा क्षेत्रमा लामो समय काम गरेका साविक युनाइटेड इन्स्योरेन्सका एक्टिङ सिइओ समेत भइसकेका "रमेश भटराई ले एकपटक सबैले पढ्दै पर्ने किताव छ पढौ भनेका छन् । 'तीन चार दिन लगाएर किताब पढे । सोचे भन्दा धेरै उपयोगी किताब पाए। एकपटक सबैले पढ्ने पर्ने किताब छ पढौ।'

एनआइसीडि क्यापिटल, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानीकोष, अजोड इन्स्योरेन्स लगायत धेरै वटा वित्तीय क्षेत्रमा काम गरिसकेका सुरेन्द्र थापाले व्यवसायी तथा मार्केटिङ करिअल बनाएका लागि यो पुस्तक एकदमै उपयोगी रहेको बताएका छन् । 

मल्पी इन्टरनेशनल कमलेजका प्रिन्सिपल दिपक अधिकारीले विद्यार्थीदेखि लिएर जुनसुकै पेशा व्यवसायका लागि उपयोगी रहेको जनाएका छन् । 

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजका प्रवन्ध निर्देशक "गुणनिधि भुषालले ‘मलाई आजभोली कुनै किता पढ्दा, कुनै पेशाका काबिल मानिसका कुरा सुन्दा नयाँ र अनौठो लाग्दैन । त्यो किन भो मलाइ नि थहा छैन तर यो पुस्तक कमल सरले आफै कार्यालयमै आएर दिनु भएपछि अध्ययन गर्दा धेरै कुराको स्मरण, अनुभूती र पुनरताजकी बनायो। राम्रो सङ्गालो छ । पढ्नेहरुका लागि एउटा थप कृति हुनेछ ।’ भनेका छन् ।

मिडिया क्षेत्रकै इन्द्र रिजालले यो पुस्तक आफ्नो जीवनमा पनि उपयोगी रहेको भन्दै जीवनमा केही गर्न खोज्ने नयाँ पुस्ता, राजनीति र जागीरको उच्च तहमा पुग्न लालसा राख्ने यूवा पुस्ता, उद्यमी व्यवसायी लगायत सबै वर्ग र क्षेत्रका लागि उपयोगी र प्रेरणादायी रहेको उल्लेख गरेका छन् । गोरखापत्रका विश्वास रेग्मीले बिक्रीकला पुस्तकबाट बीमा क्षेत्रमा प्रवेशको चाहना राख्नेले पक्कै लाभ लिन सक्ने उल्लेख गरेका छन् ।    

बिक्रीकला पुस्तक

जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले प्रायः सधै कुन न कुनै तालिम तथा सेमिनारमा सहभागी हुनै पर्छ । हरेक दिन तालिममा जादा केहि न केहि नयाँ सामाग्रीको आवश्यकता पर्छ नै । त्यसमा पनि सहभागीलाई बोरिङ नहुने गरि बुझिने गरि प्रस्तुतिकरण दिनु एकदमै चुनौतीपूर्ण छ ।

यदि कसैले बिक्री कला पुस्तक बोकेर हिडेको छ वा पढेको छ भने उसले जस्ता सुकै तालिमलाई सजिलै पार लगाउन सक्छ

पुस्तकको पहिलो पृष्ठमै राष्ट्रिय ज्ञान रहेको छ ।  पुस्तकको सम्पादन मधुसूदन पाण्डेयले गरेका हुन् । आठ दर्जन पुस्तक सम्पादन गरिसकेका अनुभवी पाण्डेयको योगदान धेरै नै देख्न सकिन्छ । पाण्डेले आफ्नो पुस्तकमा तत्कालिन बीमा समितिबाट बीमा अभिकर्ताको आधारभुत तालिम लिएको प्रमाणपत्र राखेका छन् । पुस्तकको पहिलो अध्यायमा नेपालको भौगोलिक परिचय राखिएको छ । यसमा नेपालको भौगोलिक तथा जनसंख्याको तथ्याङ्क उल्लेख छ । ७० वटा पृष्ठमा नेपालको सम्पुर्ण तथ्याङ्क हेर्न सकिन्छ । उनलाई यो विवरण जुटाउन ३ महिना भन्दा बढि समय लाग्यो । तथ्याङ्कको प्रस्तुतीकरणले जुनसुकै क्षेत्र, उमेर समूहलाई आकर्षित गर्छ । यदि कसैलाई विराटनगरमा गएर तालिम दिनु पर्यो भने उसले विराटनगरको भुगोल तथा जनसंख्याको विवरण पाउन सक्छ । यस्ता तथ्याङ्कले मानिसहरुलाई निकट बनाउन महत्वपुर्ण भुमिका खेल्छ ।

पुस्तकको दोस्रो अध्यायमा सकारात्मक सोचमा आधारित कथाहरु राखिएको छ । पाण्डेले आफ्नो जीवनमा पढेका, सुनेका र समाजका यथार्थ घटनामा आधारित कथाहरूलाई राखेका छन् जसले पाठकलाई उत्प्रेरणा प्रदान गर्छ । पढ्दै जादा आफुले जीवनमा सुन्दै आएका कथा त हो नि जस्तो लाग्छ तर यसरी संकलित कथाले छुट्टै उर्जा प्रदान गरेको छ ।

अध्याय ३ मा सफलताका सुत्र हरु राखिएको छ । पुस्तकमा यस्ता सुत्र हरु छन् कुनै न कुनै सुत्र तपाईका लागि उपयोग हुन सक्छ । पढ्दै जादा धेरैलाई हो त मैले पनि यस्तै गर्नु पर्छ भन्ने भान हुन्छ । लेखिएका कुराहरु बनावटी भन्दा पनि जीवनमा मेल खाने र सत्य सूचनामा आधारित भएको हुँदा पढ्दा मजा आउछ ।

अध्याय ४ मा जानकारी मूलक सन्देशहरू राखिएको छ । यसमा पनि जीवन उपयोगी कुराहरु छन् । यसमा किताव पढेको जस्तो अनुभव हुन्छ । तर आफुले थाहा नपाएको कतिपय जानकारी पक्कै पनि उपयोग हुन सक्छ । जुन कुरा अरुलाई शेयर गर्ने वेलामा उपयोगी हुन्छ । तालिम, सामान्य गफगाफ, कुराकानीका क्रममा यस्ता सूचनाहरूले जीवनमा सहजीकरण गर्नेछ ।

अध्याय ५ मा सकारात्मक ज्ञानका कुराहरु रहेका छन् । मार्केटिङ क्षेत्रमा काम गर्नेका लागि यो अध्याय अझ बढि प्रेरक हुन सक्छ । मानिसहरुलाई मोटिभेट गर्न सहयोग पुर्‍याउनुका साथै मार्केटिङका व्यवहारिक पाटोलाई समेटिएको छ ।

लेखक पाण्डे

मधेश प्रदेशको सिराहा जिल्लामा जन्मेका पाण्डे अध्ययनका सिलसिलामा काठमाडौं आएका थिए । यसै क्रममा उनलाई जागिर खाने र पैसा कमाउने हुटहुटी चल्यो । आफ्नो करिअर अभिकर्ताबाट सुरु गरेका पाण्डेले प्राइम लाइफमा मार्केटिङ प्रमुखसम्म भए । त्यस पछि उनले जागिर भन्दा पनि ट्रेनरका रुपमा आफुलाई स्थापित गराएका छन् ।

पाण्डेले सर्वप्रथम २०५७ चैत ४ गते अभिकर्ताको तालिम लिएका थिए । यहि बाटै उनको बीमा क्षेत्रको यात्रा सुरु भएको हो । यस भन्दा अगाडी नै उनले २०५६ साउन २३ गते बीमा समितिबाट अभिकर्ताको तालिम लिइसकेका थिए ।

प्राधिकरणबाट अभिकर्ताको लाइसेन्स पाए पछि उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट२०५६ साउन ४ गतेबाट काम गर्ने अनुमति पाए । नेशनल सँगै उनले राष्ट्रिय बीमा संस्थानबाट पनि लाइसेन्स लिए । नेपाल लाइफको स्थापना सँगै पाण्डे नेपाल लाइफमा प्रवेश गरे । नेपाल लाइफमा अभिकर्ताको रुपमा प्रवेश गरेका पाण्डेले केहि समयमै जागिर सुरु गरे । ७/८ वर्ष नेपाल लाइफमा काम गरे पछि उनि प्राइम लाइफमा मार्केटिङ विभाग प्रमुख भएर गए । यसमा पनि उनको रोचक कहानी छ ।

मोटरसाइकल चढिरहेका पाण्डेलाई गाडी चढ्न मन लाग्यो । नेपाल लाइफको तलवले त्यो सम्भव थिएन । त्यस पछि भर्खरै आएको प्राइम लाइफमा उनले महत्वपुर्ण जिम्मेवारी लिने जोखिम लिए । उक्त जोखिम लिदा गाडी चढ्न पाइने भयो । कतिपय महत्वकाङ्क्षाले मानिसहरुलाई माथिल्लो सिंढी चढ्न अभिप्रेरित गर्छ । आजका दिनमा पाण्डे बीमा क्षेत्रमा काम गरिरहेका जो कोहीका लागि प्रेरक बनेका छन् । अझ मार्केटिङ विभागमा काम गरेका जोकोहीले उनलाई पच्छ्याउने गरेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया