Nepal Life

सालपा विकास बैंकले वैदेशिक रोजगारीकर्मीका लागि मंसिर २५ देखि आईपीओ खुला गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 02 11:14
सालपा विकास बैंकले वैदेशिक रोजगारीकर्मीका लागि मंसिर २५ देखि आईपीओ खुला गर्ने
National Life

काठमाडौं। सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आगामी मंसिर २५ गते (डिसेम्बर १०) देखि आइपिओ  निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले यसअघि नेपाल धितोपत्र बोर्डबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर निष्काशनको अनुमति पाएको थियो।

Shikhar
NIMB

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ मध्ये ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँ अर्थात् १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्न स्वीकृति पाएको थियो।

यस मध्ये १० प्रतिशत हुन आउने १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँ बराबरका १ लाख ७२ हजार ३८८ कित्ता शेयर विशेष रूपमा विदेशमा श्रम स्वीकृति लिएर रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गर्न लागिएको हो। प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ।

आवेदन अवधि

आइपिओमा मंसिर २९ गते सम्म आवेदन दिन सकिनेछ। यदि उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गते सम्म लम्बिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता,  अधिकतम २५ हजार कित्ता का लागि आवेदन दिन सक्नेछन्। आइपिओ निष्काशनका लागि गरिएको मूल्याङ्कनमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई IRN Single B Issuer Rating प्रदान गरेको छ। यो रेटिङ्गले संस्थाले आफ्नो वित्तीय दायित्व समयमा पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ।

बिक्री प्रबन्धक र आवेदन प्रक्रिया

यस आइपिओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। विदेशमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित अनलाइन सफ्टवेयर ‘मेरो शेयर’ मार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया