डेप्रोक्स लघुवित्तमा ठुलो संख्यामा रोजगारीको अवसर, सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान
- BFIS News
- 2025 Dec 03 12:21
काठमाडौं । डेप्रोक्स लघुवित्त वित्तीय संस्थाले सहायक प्रशिक्षार्थी पदका लागि ४० जना कर्मचारी दरखास्त आह्वान गरेको छ। संस्थाले ग्रामीण क्षेत्रका लक्षित वर्गसँग कार्य गर्ने क्षमता भएका इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो।
पद र योग्यता
सहायक श्रेणीअन्तर्गत सहायक प्रशिक्षार्थी पदका लागि न्यूनतम एसईई वा सो सरह उत्तीर्ण उमेदवार आवश्यक पर्नेछ। साथै +२ वा स्नातक पास गरेका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने जनाएको छ। कम्प्युटर चलाउन दक्ष र मोटरसाइकल चालक अनुमतिपत्र भएकालाई पनि अतिरिक्त प्राथमिकता प्रदान गरिनेछ।
कार्य र प्रशिक्षण क्षेत्र
चयन भएका उमेदवारलाई समूह निर्माण, बचत तथा कर्जा परिचालन, लघुवित्त कारोबार सम्बन्धी अभिलेखीकरण तथा फिल्डस्तरमा निष्पादन हुने विभिन्न कार्यमा प्रशिक्षण दिइनेछ। प्रशिक्षण अवधि संस्थाको नियमानुसार हुनेछ भने पारिश्रमिक पनि नियमानुसार उपलब्ध हुनेछ।
परीक्षा विधि र उमेर सीमा
परीक्षामा फिल्ड अवधारणा र अन्तरवार्ता रहनेछ। दरखास्तको अन्तिम मितिमा उमेर १८ वर्ष पूरा भई ३४ वर्ष ननाघेको हुनुपर्छ। महिलाको हकमा उमेर सीमा ३९ वर्षसम्म मान्य हुनेछ।
छनौट प्रक्रिया
प्राप्त दरखास्तहरू संस्थाले तोकेको मापदण्डअनुसार छनोट गरिनेछ। छनौट सूचीमा परेका उम्मेदवारलाई फिल्ड अवधारणा पश्चात उपयुक्त देखिए अन्तरवार्तामा सहभागी गराइनेछ। अन्तिम रूपमा अन्तरवार्ता उत्तीर्ण उमेदवारलाई सहायक प्रशिक्षार्थीका रूपमा नियुक्ति दिइनेछ।
प्रशिक्षणपछि खुल्ला प्रतियोगितामार्फत लिखित, मौखिक तथा आवश्यकताअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गरिनेछ। सो प्रक्रियामा सफल प्रशिक्षार्थीलाई कार्यसम्पादनको आधारमा कनिष्ठ कार्यक्रम सहायक पदमा परीक्षणकालका लागि नियुक्त गरिनेछ।
दरखास्त विवरण
दरखास्त फारम संस्थाको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। इच्छुक उम्मेदवारले योग्यता र अनुभव उल्लेख गरी नागरिकता प्रमाणपत्रको स्वयम् प्रमाणित प्रतिलिपिसहित १५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय, सितापाइला, काठमाडौं वा इमेल [[email protected]](mailto:[email protected]) मार्फत दरखास्त पठाउन सक्नेछन्।
देशभरका ७३ जिल्लामा १५८ शाखामार्फत सेवा दिँदै आएको ‘घ’ वर्गको यो वित्तीय संस्थाले आवश्यकताअनुसार प्राप्त दरखास्त स्वीकृत वा अस्वीकृत गर्ने तथा विज्ञापन नै रद्द गर्ने अधिकार पदपूर्ति समिति सुरक्षित रहेको जनाएको छ।
_1764743540.jpg)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)





प्रतिक्रिया