NIMB Header 2
Nepal Life

सन् २०२५ मा विश्व अर्थतन्त्रको वृद्धि २.६% मा सीमित हुने अनुमान: युन्क्टाड रिपोर्ट

National Life
  • BFIS News
  • 2025 Dec 03 16:46
सन् २०२५ मा विश्व अर्थतन्त्रको वृद्धि २.६% मा सीमित हुने अनुमान: युन्क्टाड रिपोर्ट
Sanima Reliance

जेनेभा, मंसिर १७ – विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा २.६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ, जुन सन् २०२४ को २.९ प्रतिशतभन्दा कम हो। संयुक्त राष्ट्रसङ्घको व्यापार तथा विकास सम्मेलन (युन्क्टाड) ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा बढ्दो वित्तीय अस्थिरता र भू–राजनीतिक तनावले व्यापार तथा लगानीमा परेको प्रभावलाई यस वर्ष वृद्धि सुस्तिने मुख्य कारणका रूपमा उल्लेख गरिएको छ।

Shikhar
NIMB

युन्क्टाडका अनुसार, वित्तीय बजारमा हुने उतार-चढावले विश्व व्यापारलाई वास्तविक आर्थिक गतिविधिले जत्तिकै असर पार्ने भएकाले विकासशील र विकसित दुवै अर्थतन्त्रका सम्भावित अवसरमा सीमितता देखिएको छ। प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिबाट केही लाभ भए पनि सन् २०२६ मा पनि वृद्धि दर २.६ प्रतिशतमै रहने सम्भावना रहेको जनाएको छ।

युन्क्टाडकी महासचिव रेबेका ग्रिन्स्पानले वित्तीय अवस्था अहिले विश्व व्यापारको दिशा निर्धारण गर्ने मुख्य कारक रहेको बताउनुभयो। “व्यापार केवल आपूर्तिकर्ताको जालो मात्र होइन; यो ऋण, भुक्तानी प्रणाली, मुद्रा बजार र पूँजी प्रवाहको जटिल संरचना पनि हो,” उहाँले भन्नुभयो।

प्रतिवेदनअनुसार सन् २०२५ मा विकासोन्मुख अर्थतन्त्र ४.३ प्रतिशतले विस्तार हुने देखिएको छ, जुन विकसित अर्थतन्त्रको तुलनामा धेरै उच्च हो। तर उच्च ऋण लागत, पूँजी प्रवाहमा उतार-चढाव र जलवायु जोखिमले विकासोन्मुख अर्थतन्त्रलाई आवश्यक वित्तीय क्षमता तथा लगानी विस्तारमा चुनौती दिएको छ।

साना वित्तीय बजार भएका धेरै देशले ७–११ प्रतिशतसम्मको महँगो ब्याजदरमा बाह्य ऋण लिनुपर्ने बाध्यता छ, जबकि प्रमुख विकसित अर्थतन्त्रले १–४ प्रतिशत ब्याजमै ऋण पाउँछन्। चरम मौसमका घटनाबाट बारम्बार प्रभावित देशले हरेक वर्ष करिब २० अर्ब डलरभन्दा बढी ब्याज तिर्नुपरेको प्रतिवेदनले उल्लेख गरेको छ।

युन्क्टाडले वित्तीय जोखिम घटाउने, स्थिरता बढाउने र व्यापार, वित्त तथा विकासबीचको तालमेल मजबुत पार्ने उद्देश्यसहित सुधारको विस्तृत योजना अघि सारेको छ। यसमा व्यापार नियम अद्यावधिक गर्ने, तथ्याङ्क पहुँच विस्तार गर्ने, अन्तर्राष्ट्रिय मुद्रा संरचना सुधार गर्ने र पूँजी बजार विकास गर्ने कदम समावेश छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया