NIMB Header 2
Nepal Life

सिटिजन्स बैंक ‘बैंक अफ दि इयर २०२५’ सम्मानित, यो अवार्ड हाम्रो सामूहिक सफलताको प्रतिको हो: सिइओ पोखरेल

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 04 09:10
सिटिजन्स बैंक ‘बैंक अफ दि इयर २०२५’ सम्मानित, यो अवार्ड हाम्रो सामूहिक सफलताको प्रतिको हो: सिइओ पोखरेल
Everest Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस वर्षको ‘बैंक अफ दि इयर २०२५’ उपाधि हात पारेको छ। लण्डनमा आयोजित एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड समारोहमा बैंकले लगातार दोस्रो वर्ष यो सम्मान प्राप्त गर्न सफल भएको हो। गत वर्ष २०२४ मा पनि सिटिजन्स बैंकले सो अवार्ड जितेको थियो। अवार्ड सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संयुक्त रुपमा ग्रहण गरेका थिए। 

Shikhar
NIMB

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले अवार्ड प्राप्ती पछि खुशी व्यक्त गर्दै यसको श्रेय सबै स्टेकहोल्डरलाई जाने बताएका छन्। उनले भने, “लगातार दोस्रो वर्ष सिटिजन्स बैंक ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ। यो उपलब्धि हाम्रो कर्मचारीहरूको समर्पण, ग्राहकहरूको निष्ठा, नियामक निकायहरूको सहयोग तथा शेयरधनीहरूको विश्वासकै परिणाम हो। हामी निरन्तर नवीनता, उत्कृष्टता र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्‍याउने प्रतिवद्धतासहित अघि बढिरहेका छौँ। यो अवार्ड सबैको हो। हाम्रो सामूहिक सफलताको प्रतीक हो।”

अन्तर्राष्ट्रियस्तरमा प्रदान गरिने ‘बैंक अफ दि इयर’ अवार्ड विश्वभरका बैंकहरूको सेवा क्षमता, कार्यसम्पादन, नवप्रवर्तन र कर्पोरेट सुशासनका आधारमा चयन गरिन्छ। यस अवार्डले सिटिजन्स बैंकको वित्तीय दिगोपन, डिजिटल पूर्वाधार सुदृढीकरण तथा ग्राहक–केन्द्रित सेवाप्रति देखिएको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको बैंकले जनाएको छ।

सिटिजन्स बैंकले हाल देशभर व्यापक शाखा सञ्जालमार्फत बैंकिङ सेवा विस्तार गर्दै आएको छ। डिजिटल बैंकिङ, नवप्रवर्तनशील वित्तीय समाधान तथा ग्राहकमैत्री सेवाका कारण बैंकले पछिल्ला वर्षहरूमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ।

बैंकले अवार्ड प्राप्तीपछि सबै ग्राहक, कर्मचारी, नियामक निकाय तथा शेयरधनीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ आधुनिक र भरपर्दो बैंकिङ सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया