Nepal Life

लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकको साधारण सभा पुस १४ गते

NMB Bank
  • BFIS News
  • 2025 Dec 04 10:30
लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी सनराइज बैंकको साधारण सभा पुस १४ गते
National Life

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस १४ गते साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

बैंकले काठमाडौँको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजे सुरु हुने गरी २५ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।

सभामा हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा बोनसको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गरिनेछ। साथै, बैंकको सञ्चालक समितिको संरचना पुनर्स्थापना गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेजस्ता अन्य एजेन्डामाथि पनि निर्णय हुनेछ।

सभाको तथा लाभांश वितरणको प्रयोजनार्थ बैंकले पुस १ गते बुकक्लोज मिति तोकेको छ। यसअनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू साधारण सभामा उपस्थित हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य रहनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया