NIMB Header 2
Nepal Life

एनपीएलमा आज दुई रोचक भिडन्त

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 04 10:41
एनपीएलमा आज दुई रोचक भिडन्त
Everest Bank

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल सञ्चालन हुँदै छन्। दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयाल्ससँग प्रतिस्पर्धा गर्नेछ।

Shikhar
NIMB

६ खेलबाट ८ अंक जोड्दै दोस्रो स्थानमा रहेको काठमाण्डु गोर्खाज आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्न उत्रदैछ। ५ खेलमा ४ अंकसहित अंकतालिकाको छैठौँ स्थानमा रहेको पोखरा एभेन्जर्सले भने प्लेअफ आशा जिवन्त राख्न जित्नै पर्ने दबाबमा छ। दुवै टोलीबीचको खेल टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः४५ बजे सुरु हुनेछ।

सांझ ४ बजे हुने दोस्रो खेलमा हालसम्म अपराजित सुदूरपश्चिम रोयाल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। पाँचै खेलमा जित निकाल्दै १० अंकसहित शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले आज पनि आफ्नो विजयी क्रम कायम राख्ने प्रयास गर्नेछ। ५ खेल खेलेको चितवन राइनोज प्लेअफलक्ष्यात संघर्षरत छ र आजको खेलमा जित अनिवार्य रहनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया