Nepal Life

एनएमबि बैंक र रञ्जना व्यवसाय संघबीच सहकार्य, स्थानीय व्यवसाय सुदृढीकरणमा जोड

NMB Bank
  • BFIS News
  • 2025 Dec 04 19:58
एनएमबि बैंक र रञ्जना व्यवसाय संघबीच सहकार्य, स्थानीय व्यवसाय सुदृढीकरणमा जोड
National Life

काठमाडौं । एनएमबि बैंकले रञ्जना व्यवसाय संघसँग साझेदारी गर्दै व्यवसायिक वातावरणको सुदृढीकरण र प्रवर्द्धनमा सहकार्य गर्ने घोषणा गरेको छ । बैंकका अनुसार यो साझेदारी स्थानीय उद्यमलाई समर्थन, व्यवसायिक क्षेत्रको समृद्धि तथा दीर्घकालीन मूल्य निर्माणतर्फ गरिएको महत्वपूर्ण कदम हो ।

Shikhar
NIMB

बैंक र संघबीचको सहकार्यले व्यावसायिक वातावरणमा नयाँ उर्जा थप्ने, व्यापार विस्तारका अवसर सिर्जना गर्ने र स्थानीय उद्यमीलाई आवश्यक बैंकिङ सेवा तथा सहयोग प्रदान गर्ने उद्देश्य राखिएको छ । यस सहयोगमार्फत दुवै संस्थाले उद्यमशीलता प्रवद्र्धन, वित्तीय पहुँच विस्तार तथा दिगो व्यापारिक विकासमा हातेमालो गर्दै अघि बढ्ने बताएका छन्।

एनएमबि बैंकले यो साझेदारीलाई ‘सङ्गै अघि बढ्ने’ अभियानको रुपमा उल्लेख गर्दै स्थानीय व्यवसाय समुदायलाई थप मजबुत बनाउन आफू प्रतिबद्ध रहेको जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया