NIMB Header 2
Nepal Life

नेपालै पहिलो क्युआर क्यास विथड्रअल नवप्रवर्तनले दिलायो सिटिजन्स बैंकलाई विश्व अवार्ड, अहिलेसम्म कुन कुन बैंकले पाए

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 05 12:28
नेपालै पहिलो क्युआर क्यास विथड्रअल नवप्रवर्तनले दिलायो सिटिजन्स बैंकलाई विश्व अवार्ड, अहिलेसम्म कुन कुन बैंकले पाए
Everest Bank

काठमाडौं । विश्वकै प्रतिष्ठित The Banker’s Bank of the Year Awards ले यस वर्ष पनि विश्वभरिका उत्कृष्ट बैंकिङ संस्थालाई सम्मानित गरेको छ। आर्थिक सबलता, प्रष्ट रणनीति, प्रविधिगत प्रगति तथा ग्राहक–समुदायप्रतिको समर्पणलाई मूल आधार मान्दै प्रदान गरिने यो अवार्ड २०२५ मा महत्वपूर्ण रूपान्तरणसहित सम्पन्न भएको छ।

Shikhar
NIMB

विश्वकै प्रतिष्ठित The Banker’s Bank of the Year Awards ले यस वर्ष पनि विश्वभरिका उत्कृष्ट बैंकिङ संस्थालाई सम्मानित गरेको छ। आर्थिक सबलता, प्रष्ट रणनीति, प्रविधिगत प्रगति तथा ग्राहक–समुदायप्रतिको समर्पणलाई मूल आधार मान्दै प्रदान गरिने यो अवार्ड २०२५ मा महत्वपूर्ण रूपान्तरणसहित सम्पन्न सिटिजन्स बैंक ‘बैंक अफ दि इयर २०२५’ : डिजिटल रुपान्तरण, ग्राहकमैत्री सेवा र नवप्रवर्तनले विश्वकै प्रतिष्ठित सम्मान दिलाएको छ।

पहिले छुट्टाछुट्टै सञ्चालन हुँदै आएका इनभेस्टमेन्ट बैंकिङ र ट्रान्ज्याक्सन बैंकिङ अवार्डलाई यस वर्षबाट एकीकृत गर्दै ‘बैंक अफ दि इयर’ मा समेटिएको छ। ११ उत्पादन तथा सेवाक्षेत्र, छ वटा क्षेत्रीय श्रेणी, र १३२ देशका बैंकहरूको प्रतिस्पर्धामा आधारित यो पुरस्कारले समग्र बैंकिङ सेवालाई एउटै छातामुनि राखेर मूल्यांकन गरेको छ।

अवार्डका लागि प्रतिस्पर्धामा सहभागी बैंकहरूको मूल्यांकन द बैंकर्सका सम्पादकीय समिति तथा बाह्य विज्ञहरूले गरेका हुन्। विभिन्न वित्तीय सूचकदेखि लिएर गुणात्मक तथ्य रणनीतिक पहल, प्रविधि सुधार, नयाँ उत्पादन, वित्तीय समावेशीकरण तथा दिगोपनाका प्रगतिलाई आधार मानिएको थियो।

प्रविधिमैत्री रूपान्तरण : एआई र डिजिटल सेवाकै वर्ष

यस वर्षका सहभागी बैंकहरूले आर्टिफिसियल इन्टेलिजेन्स (AI), एडभान्स एनालिटिक्स र मेसिन लर्निङद्वारा सेवा गति, जोखिम व्यवस्थापन, फ्रड डिटेक्सन, ग्राहक अनुभव र सञ्चालन प्रक्रियामा उल्लेखनीय सुधार देखाएको द बैंकर्सले जनाएको छ। धेरै बैंकहरूले लागत बचत, द्रुत ग्राहक अनबोर्डिङ, व्यक्तिगत सेवाको विस्तार, र सञ्चालन सरलिकरणमा ठोस उपलब्धि देखाएका छन्।

नेपालबाट सिटिजन्स बैंक इन्टरनेशनल उत्कृष्ट

सन् २०२४ को सफलता दोहोर्‍याउँदै Citizens Bank International Limited ले निरन्तर दोस्रो वर्ष ‘Bank of the Year – Nepal 2025’ अवार्ड जितेको छ। यस वर्ष बैंकले अपनाएको पुनर्संरचना, डिजिटल नवप्रवर्तन र ग्रामीण–अर्धशहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार प्रमुख कारण रहे।

क्रेडिट प्रक्रियामा ऐतिहासिक सुधार

बैंकले सञ्चालनमा ल्याएको Centralised Credit Underwriting Unit (CCUU) ले क्रेडिट स्वीकृतिमा भएको ढिलाइ पूर्ण रूपमा परिवर्तन गरेको छ। पहिले नौ तहबाट अनुमोदन लिनुपर्ने ऋण फाइल अब एकै केन्द्रबाट स्वीकृत हुने भएको छ। सुरु भएको अवधि यता CCUU ले ७९९ नयाँ ऋण फाइल र ५१२ नवीकरण प्रक्रियामा पारदर्शिता र गति ल्याएको छ।

नेपालकै पहिलो ‘क्रस–बैंक QR क्यास विथड्रअल

सिटिजन्स बैंक मोबाइल एप प्रयोगकर्तामात्र होइन, अन्य बैंकका ग्राहकले समेत सिटिजन्सका शाखामा QR स्क्यान गरी रकम झिक्न सक्ने सुविधा नेपालमै पहिलोपटक उपलब्ध गराएको छ। प्रतिस्पर्धी बैंकका ग्राहक आकर्षित गर्ने बैंकको रणनीति सफल भएको अवार्ड समितिको टिप्पणी छ।

इभीदेखि ग्रामीण MSMEs सम्म : समावेशी वित्तको अगुवा

इलेक्ट्रिक भेहिकल (EV) को प्रयोग बढाउने उद्देश्यले बैंकले EV Infrastructure Loan सुरु गरेको छ, जसले चार्जिङ स्टेशन निर्माणदेखि उपकरण खरिदसम्मलाई वित्तीय पहुँच प्रदान गर्छ।

साथै बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित SEDRA III (MSME Finance Phase III) कार्यक्रममार्फत ग्रामीण–अर्धशहरी क्षेत्रमा सूक्ष्म, साना तथा मध्यम उद्यम (MSME) लाई रु. २ लाखदेखि ४० लाखसम्मको ऋण पहुँच बढाउँदै आएको छ।

“ग्राहकको गति, सहजता र निजीकरणप्रतिको अपेक्षा अहिलेको बैंकिङको केन्द्र हो। त्यसअनुसार हामीले प्रक्रियागत सुधार, डिजिटल रूपान्तरण र नयाँ उत्पादन विकासलाई प्राथमिकता दियौँ,” सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेल भन्छन्।

नेपालमा ‘बैंक अफ दि इयर’ इतिहास : कसले जिते कुन वर्ष?

नेपालको पहिलो ‘Bank of the Year’ विजेता स्ट्याण्डर्ड चार्टर्ड बैंक हो। स्ट्याण्डर्ड चार्टर्डले अहिलेसम्म तीन पटक २००९, २०१२ र २०१५ मा हासिल गरेको थियो। नेपालको सन्दर्भमा सबैभन्दा धेरै यो अवार्ड लिनेमा नेपाल इन्भेष्टमेन्ट मेगा र एनएमबी बैंकले चार चार पटक प्राप्त गरिसकेका छन्। बैंकहरुका लागि प्रतिष्ठाका विषय रहने यो अवार्ड नेपालमा भने हरेक वर्ष आलोचनाको राम्रो विषय रहने गरेको छ। यद्यपी यस्तो अवार्डका लागि बैंकहरुले आवेदन दिदा वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरताका क्षेत्रमा गरेका कामहरु प्रस्तुत गरेका हुन्छन्। 

 २०२५ : सिटिजन्स बैंक इन्टरनेशनल

 २०२४ : सिटिजन्स बैंक इन्टरनेशनल

 २०२३ : प्रभु बैंक

 २०२१ : एनएमबी बैंक — Bank of the Year Asia (ऐतिहासिक उपलब्धि)

 २०२० : एनएमबी बैंक

 २०१९ : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

 २०१८–२०१७ : एनएमबी बैंक

 २०१६ : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

 २०१५ : स्ट्याण्डर्ड चार्टर्ड बैंक

 २०१४ : ग्लोबल आईएमई बैंक

 २०१३ : एनआईसी एशिया बैंक

 २०१२ : स्ट्याण्डर्ड चार्टर्ड बैंक

 २०११ : ग्लोबल आईएमई बैंक

 २०१० : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

 २००९ : स्ट्याण्डर्ड चार्टर्ड बैंक

बैंकिङ क्षेत्र विश्वव्यापी रूपमा डिजिटल, दिगो र ग्राहककेन्द्रित सेवातर्फ तीव्र गतिमा अघि बढिरहेका बेला सिटिजन्स बैंकले आफ्नो रणनीति र नवप्रवर्तनमार्फत नेपालको बैंकिङ उद्योगलाई नयाँ उचाइमा पुर्‍याएको छ। द बैंकर्सका अनुसार, २०२५ का सबै अवार्ड विजेताहरूले विश्व अर्थतन्त्रका चुनौतीबीच दिगो, जिम्मेवार र प्रविधिमैत्री बैंकिङको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया