Nepal Life

नबिल बैंकले १२.५० प्रतिशत नगद लाभांश घोषणा, ३ अर्ब ४३ करोड वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 07 09:55
नबिल बैंकले १२.५० प्रतिशत नगद लाभांश घोषणा, ३ अर्ब ४३ करोड वितरण गर्ने
National Life

काठमाडौँ ।  नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

मंसिर १९ गते बसेको बैंकको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिने जनाएको छ। हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रहेको छ। यस आधारमा बैंकले यस वर्ष शेयरधनीलाई ३ अर्ब ४३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। 

बैंकले गएको वर्ष १० त्यस भन्दा अगाडी पनि ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। यस बाहेकको रकमलाई बैंकले जगेडा कोषमा सुरक्षित राखेको छ। प्रस्तुत लाभांश बैंकको व्याजदर भन्दा आकर्षक छ। सँग सँगै बैंकले बोनस शेयर वितरण नगरी प्रतिशेयर आम्दानीलाई थप बलियो बनाउने रणनीति बनाएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया