निभिक्स फार्मास्युटिकल्सले आइपिओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन
- BFIS News
- 2025 Dec 09 12:45
काठमाडौं। निभिक्स फार्मास्युटिकल्स लिमिटेडले आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिशेयर अंकित मूल्य रुपैयाँ १०० का दरले कुल १३ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्ने प्रस्ताव पेस गरेको हो। यस आईपीओबाट कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ रकम संकलन गर्ने लक्ष्य लिएको छ।
कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। धितोपत्र बोर्डले निष्काशन अनुमति दिए पछि मात्रै कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि शेयर जारी गर्न पाउनेछ। स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पाउनेछ।
यसअघि, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड ले कम्पनीलाई IRN B+ (Is) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमा पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ।
निभिक्स फार्मास्युटिकल्स लिमिटेड (NIVIX) को स्थापना जुलाई २०१७ मा पोखरा फार्मास्युटिकल्स नाममा भएको थियो। पछि डिसेम्बर २०२४ मा यसले प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेको हो। औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त कम्पनीले एलोपेथिक औषधि उत्पादन तथा वितरण गर्दै आएको छ। यसको कर्पोरेट कार्यालय पोखरामा तथा उत्पादन प्लान्ट तनहुँमा अवस्थित छन्।
मे २०२५ सम्म कम्पनीले ८४ उत्पादनका लागि म्यानुफ्याक्चरिङ लाइसेन्स, ४५ उत्पादनका लागि मार्केटिङ लाइसेन्स प्राप्त गरिसकेको छ भने ४२ उत्पादन नेपाली बजारमा आपूर्ति गरिरहेको छ। कम्पनीका सबैभन्दा ठूलो सेयरधनी श्री इन्द्र बानियाँ हुन्, जसको करिब २०% स्वामित्व छ।
निभिक्सको आईपीओ प्रस्ताव स्वीकृत हुने हो भने निकट भविष्यमै सर्वसाधारणले पनि कम्पनीका सेयरमा लगानी गर्ने अवसर पाउनेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया