प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाईलाई कोशी अवार्ड
- BFIS News
- 2026 Mar 22 10:47
काठमाडौं, चैत ८ । सन्तोष प्रसाई इन्स्योरेन्स क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानका लागि सम्मानित भएका छन्। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड का प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधाबाट सम्मान प्रदान गरिएको हो।
बीमा क्षेत्रको नियामक निकाय तत्कालीन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) मा काम गर्दै हासिल गरेको अनुभवदेखि निजी क्षेत्रको नेतृत्वसम्म आइपुग्दा प्रसाईले खेलेको भूमिकाको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
उनकै नेतृत्वमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नेपाली बीमा बजारमा दरिलो उपस्थिति स्थापित गर्न सफल भएको छ। कम्पनीको विस्तार, सेवा सुधार तथा ग्राहक विश्वास अभिवृद्धिमा उनले महत्वपूर्ण योगदान दिएका छन्।
शनिबार आयोजित कार्यक्रममा हिक्मत कार्की, कोशी प्रदेश का मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथिले प्रसाईलाई सम्मान प्रदान गरेका थिए।
कोशी प्रदेशमा जन्मिएर देश तथा विदेशमा विभिन्न पेशा व्यवसायमा उत्कृष्टता हासिल गर्दै प्रदेशको प्रतिष्ठा उचो राख्ने व्यक्तिहरूलाई हरेक वर्ष विभिन्न विधामा कोशी एक्सिलेन्स अवार्ड प्रदान गरिँदै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)














प्रतिक्रिया