Nepal Life

कामना सेवा विकास बैंकको ३५ लाख १० हजार ८४६ कित्ता बोनस शेयर सूचिकृत 'लाभांश लिनेको जित'

NMB Bank
  • BFIS News
  • 2025 Dec 12 21:20
कामना सेवा विकास बैंकको ३५ लाख १० हजार ८४६ कित्ता बोनस शेयर सूचिकृत 'लाभांश लिनेको जित'
National Life

काठमाडौं।  कामना सेवा विकास बैंकको ३५ लाख १० हजार ८४६ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ। कम्पनीले १९ औं वार्षिक साधारणसभाबाट १० प्रतिशत बोनस सहित १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

 

Shikhar
NIMB

असोज २४ गते सम्पन्न साधारणसभाबाट पारित उक्त बोनस शेयर बैंकले २ महिनाको अवधिमा नेप्सेमा सूचिकृत गर्न सफल भएको हो। साधारणसभाले लाभांश पारित गरेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संशोधनगर्नु पर्ने हुन्छ। यसका लागि समय लाग्ने भएकाले प्राय ढिलो हुनेगरेको छ। सामान्यतया ३ महिनासम्म लाभांश सूचिकृत हुने गरेको पाइदैन।

नेप्सेमा सूचिकृत भए सँगै आइतबारदेखि शेयरधनीले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्। यस क्रममा शेयरधनीको डिम्याट खातामा पनि शेयर प्रविष्ट भइसकेको बैंकले जनाएको छ। बैंकको पछिल्लो कारोबार मूल्य ४२९ रुपैयाँ रहेको छ। बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ८६ करोड पुगेको छ।

लाभांश घोषणा गर्दा बैंकको शेयर मूल्य ५३० रुपैयाँ थियो। बुक क्लोज अगाडी ४६६ रुपैयाँ थियो। आजका दिनमा बैंकको शेयर मूल्य ४२९ रुपैयाँ हुँदै गर्दा जसले बुक क्लोज अगाडी शेयर खरिद गरेका थिए उनिहरुले १० प्रतिशत बोनस शेयर पाएका छन् भने ५.७८ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। जसले लाभांश पाउने हिसावले शेयर खरिद गरेका थिए उनिहरु वास्तवमा मुनाफामा देखिएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया