Nepal Life

जीवन विकास लघुवित्तको १४.७३६८ प्रतिशत लाभांश घोषणा, २१ करोड ५० लाख बोनस शेयर वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 14 13:05
जीवन विकास लघुवित्तको १४.७३६८ प्रतिशत लाभांश घोषणा, २१ करोड ५० लाख बोनस शेयर वितरण गर्ने
National Life

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

लघुवित्तले हाल कायम चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। मंसिर २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने लघुवित्तले जनाएको छ। हाल संस्थाको चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ७३ करोड नाघ्नेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया