Nepal Life

एचआइडिसिएलको लाभांश घोषणा, १.५ प्रतिशत बोनस शेयर सहित ३.५ प्रतिशत दिने

NMB Bank
  • BFIS News
  • 2025 Dec 14 13:10
एचआइडिसिएलको लाभांश घोषणा, १.५ प्रतिशत बोनस शेयर सहित ३.५ प्रतिशत दिने
National Life

काठमाडौं — हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये १.५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहनेछ।

कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सोही बैठकले कम्पनीको चौधौँ वार्षिक साधारण सभा पुस २१ गते, सोमबार आयोजना गर्ने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया