NIMB Header 2
Nepal Life

बैंकहरुले कर्जा असुल नभएमा तीन पटकसम्म धितो लिलाम गर्नै पर्ने, एकै पटकमा बैंकले सकार गर्न नपाउने

National Life
  • BFIS News
  • 2025 Dec 15 12:15
बैंकहरुले कर्जा असुल नभएमा  तीन पटकसम्म धितो लिलाम गर्नै पर्ने, एकै पटकमा बैंकले सकार गर्न नपाउने
Sanima Reliance

काठमाडौं। बैंक तथा वित्तीय संस्थाले अब ऋणीको धितो सम्पत्ति एकै पटकको लिलामीमा आफैंले सकार गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्थाअनुसार बैंकहरूले कर्जा असुलीका लागि कम्तीमा तीन पटकसम्म धितो लिलामी प्रक्रिया पूरा गर्नै पर्ने भएको हो। 

Shikhar
NIMB

राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८१ मा संशोधन, परिमार्जन तथा थप गर्दै उक्त व्यवस्था लागू गरेको हो। निर्देशनअनुसार कर्जा असुली हुन नसकेको अवस्थामा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सकिने व्यवस्था गरिएको छ।

संशोधित निर्देशनमा कम्तीमा तीन पटकसम्म धितो लिलामी गर्दा पनि उक्त धितो बिक्री नभएमा मात्र बैंक तथा वित्तीय संस्थाले आफैंले धितो सकार गर्न पाउने उल्लेख गरिएको छ। धितो सकार गर्दा प्रचलित बजार मूल्य वा धितो सकार गर्नुअघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ, सोही मूल्यमा धितोको मूल्याङ्कन गर्नुपर्नेछ।

त्यसैगरी, यदि धितोको बजार मूल्य कर्जाको कुल लेना रकमभन्दा कम भएमा कम भएको रकम सोही आर्थिक वर्षको नाफा–नोक्सान हिसाबमा खर्चका रूपमा लेख्नुपर्ने व्यवस्था पनि गरिएको छ। उक्त व्यहोरा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको लेखा नीतिमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

नयाँ व्यवस्थाले बैंकिङ प्रणालीलाई थप पारदर्शी र अनुशासित बनाउने तथा धितो व्यवस्थापनमा हुने सम्भावित दुरुपयोग रोक्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया