NIMB Header 2
Nepal Life

आइपिओले सूचक बढाउदै पुराना कम्पनी सुक्दै,लगातार पोर्टफेलियो घट्दा लगानीकर्ता आत्तीए

Muktinath Bank
  • अरुण सापकोटा
  • 2025 Dec 16 16:31
आइपिओले सूचक बढाउदै पुराना कम्पनी सुक्दै,लगातार पोर्टफेलियो घट्दा लगानीकर्ता आत्तीए
National Life

काठमाडौं। अहिले शेयर बजारका मै हुँ भन्नेहरु पनि ठुलो नोक्सानमा छन्। सामान्यतया बजार बढ्दा सबै लगानीकर्ताहरु विश्लेषक बन्दछन्। लाग्छ उनिहरुलाई शेयर बजारको सबै कुरा थाहा छ र जीवनमा कहिल्यै नोक्सान हुँदैन।

Shikhar
NIMB

तर बजार त्यस्तो हुँदैन। सैद्धान्तिक र प्राविधिक विश्लेषकहरु पनि फेल खान्छन्। जसले बजारका सामान्य खेलको हेक्का पाउछ र इन्साइडर कारोबार गर्न सक्छ उनिहरुले मात्रै यो बजारमा राम्रो पैसा कमाएका छन्। विशेषगरी बजारको कन्फिडेन्समा ठुला लगानीकर्ताको प्रवेश र एक्जिटलाई पच्छ्याउनेहरुले राम्रै कमाउछन्। विशेष गरी बुलिस ट्रेण्डमा रहेको बेलामा।

जसले विश्लेषण गरेर हल्ला गरेर कारोबार गर्छन् कुनै न कुनै समयमा उनिहरुले ठुलो नोक्सान बेहोर्छन्। अहिले यस्तै अवस्था छ। शेयर बजारमा ४० प्रतिशत भन्दा धेरै कारोबार गर्ने ब्रोकर समाज नै ठुलो नोक्सानमा छन्।

शेयर बजारमा एउटाले कमाउदै गर्दा अर्कोले गुमाउनु पर्छ। बजार गतिशिल हुने भएकाले सामान्य खरिद बिक्री सधै हुन्छ। यहाँ बजार अधिकतम विन्दुमा पुग्दै गर्दा अर्बौ रुपैयाँको कारोबार हुन्छ र तल्लो विन्दुमा हुँदा कारोबार रकम ज्यादै तल्लो तहमा हुन्छ। पछिल्लो समयको कारोबार ट्रेण्डलाई हेर्ने हो भने ३/४ अर्बको कारोबार सामान्य भइसक्यो। यस अगाडी बजार बढ्दो क्रममा हुँदा ३० अर्ब नाघेको थियो।

आइपिओले सूचक बढाउदै पुराना कम्पनी सुक्दै

शेयर बजारको विश्लेषण गर्दा सामान्यतया नेप्से सूचकलाई आधार मानिन्छ। शेयर बजार पछिल्लो एक वर्षमा ३ हजारदेखि २४८० को विन्दुमा घुमिरहेको छ। त्यसमा पनि २५ सयदेखि २७ सयको विन्दुमा सबैभन्दा धेरै तलमाथि गरेको छ।

शेयर बजारको सूचक यति धेरै हुँदा पनि ठुला ठुला बाणिज्य बैंकको शेयर मूल्य २०० रुपैयाँ भन्दा तल छ। अझ रोचक पक्ष हिजो नेप्से सूचक २६/२७ सयको वरपर हुँदाको कम्पनी मूल्य अहिले अहिले २६/२७ सयको वरपर भइरहदा त्यो भन्दा धेरै तल्लो तहमा छ। अर्थात सूचक खासै नघटेको महशुस हुँदा पनि पोर्टफेलियो झण्डै ५० प्रतिशतले घटिसकेको छ। यसको प्रमुख कारण आइपिओ मार्फत १०० रुपैयाँमा सूचिकृत हुने कम्पनीको मूल्यमा आएको सुधारले गर्दा हो। यहाँ नयाँ सूचिकृत कम्पनीले नेप्से सूचक घट्न दिइरहेका छैनन्। यसैमा सूचिकृत कम्पनीको बोनस शेयर र हकप्रद शेयरले पनि उत्तीकै भुमिका खेलेका छन्।

लो क्यापका कम्पनीमै सिमित कारोबार

शेयर बजारमा अहिले सबैभन्दा धेरै कारोबार लो क्यापमका कम्पनीमा सिमित देखिन्छ। त्यसमा पनि अलिकति सुधार हुने वित्तीकै नाफा बुक भइहाल्छ। अहिले शेयर बजारमा इन्भेष्टर भन्दा पनि ट्रेडर हाबी छन्। शेयर बजार लगानीकर्ता भन्दा पनि ट्रेडरकै लागि हो। दीर्घकालिन लगानीकर्ताले पनि समयमा नाफा बुक गरेनन् भने ठुलो सम्पत्ती गुमाउनु पर्छ। यसले गर्दा प्रायः अल्पकालिन लगानीकर्ताले शेयर बजारलाई रोज्ने गर्छन्। यसले गर्दा बजारमा होल्ड हुँदैन। अलिकति सुधार हुने वित्तीकै सप्लाइ आउन थाल्छ र बजारले गति लिन पाउदैन।

अव बढ्छ अव बढ्छ, भन्दा भन्दै पोर्टफेलियो गुम्यो

प्रायः लगानीकर्ताले शेयर बजारमा पोर्टफेलियो घट्न थाले पछि एभ्रेजिङ गर्न थाल्छन्। हरेक घटाइमा शेयर थप्दा थप्दै आफ्नो लिक्वीडिटी नै सकिन्छ। यसले गर्दा बजार बढ्दा पनि उनिहरुले अवसर छोप्न सक्दैनन्। यस क्रममा केहि संस्थागत लगानीकर्ता र स्मार्ट इन्भेष्टरले राम्रो पैसा बनाउछन्। जसले लामो समयदेखि होल्ड गरेर बसेका हुन्छन् बजारले अधिकतम विन्दु बनाउदा पनि खरिद गरेको मूल्य पाउन सक्दैनन्। यसले गर्दा लाखौ लगानीकर्ता वर्षौदेखि डुबेर बस्न बाध्य हुन्छन्। त्यसैले शेयर बजार स्मार्ट इन्भेष्टरका लागि मात्रै उपयु्क्त छ।

लोभले लाप लापले विलाप

लगानीकर्तामा बजार बढ्न थाले सँगै लोभ पलाउछ। सकेसम्म आफ्नो भएभरको पैसा एकै पटक लगानी गर्छन्। सुरु सुरुमा अलि अलि कमाएको अनुभुति हुन्छ। त्यस पछि उनिहरु ऋण खोजेर सापटी गरेर लगानी थप्छन्। जव बजार घट्न थाल्छ उनिहरुले पत्तो पाउदैनन्। जति बेला घटेको महशुश हुन्छ त्यतिवेला धेरै ढिलो भइसकेको हुन्छ। बेचौ खरिद गरेको भन्दा धेरै तल झरिसकेको हुन्छ नबेचौ सापटी र ऋण तिर्नु पर्नेछ। यसले गर्दा बजारमा पेनिक सेल आउछ। त्यो पनि सापटी र कर्जा व्यवस्थापन गर्ने जति मात्रै। यस अवधिमा ठुलो बचत सकिसकेको हुन्छ।

यसले गर्दा बजारमा सधै नाफा बुक गरेर सन्तुष्ट हुन जान्नु पर्छ। बजारको अन्तिम सत्य के हो भने बजार बढे पछि घट्छ र घटे पछि बढ्छ। यसले गर्दा बजारको ट्रेण्ड हेरेर खरिद बिक्री गर्ने हो भने धेरै ठुलो नोक्सानी बेहोर्नु पर्दैन तर यस विचमा धेरै लोभ पाउनु हुँदैन र सन्तुष्ट हुन सक्नु पर्छ। यदि अहिलेको समयमा शेयर खरिद गर्ने आट गर्ने हो भने अवको दुई वर्षमा लगानीकर्ताले राम्रो पोर्टफेलियो बनाउन सक्छन्। तर त्यतिवेला बिक्री गरेर बाहिरिन भने सक्नु पर्छ।

त्यसैले शेयर बजारमा एउटा भनाइ छ 'बजार बढ्यो फलानाले यति कमायो पोर्टफेलियो यतिले बढ्यो भन्ने सन्ने वित्तीकै बिक्री गर्नु पर्छ र अव बजारमा सकियो यति जना डुबे, पोर्टफेलियो यतिले घट्यो भनेर निरासाजतिक अवस्था हुन्छ त्यतिवेला सुटुक्क पस्नु पर्छ।' जसले धेरै नोक्सान हुनबाट बचाउछ र धेरै थोर कमाउन सकिन्छ। अर्को तर्फ बजारमा अरुको देखासिकी गरेर कारोबार गर्ने जमात धेरै छ। उनिहरुले बढ्दो ट्रेण्डमा त राम्रै कमाउछन् तर बजार जव तल झर्छ गुमाएको पत्तो पाउदैनन्।

अहिलेको बजार विश्लेषण

यो समय पुराना र हाइ क्याप भएका कम्पनीको अवस्था धेरै नाजुक छ। बैंक बीमा कम्पनीले बैंकको व्याजदर भन्दा आकर्षक प्रतिफल दिदै गर्दा पनि शेयर मूल्यले गति लिन सकेको छैन। यो समयमा लाभांश पाउनैका लागि शेयर खरिद गर्नेले पनि जित्न सक्ने अवस्था छ। तर बजार बढ्न सकेको छैन। यसको प्रमुख कारण राजनीतिक घटनाक्रम नै हो। जवसम्म अहिलेको तरल राजनीतिले गति लिने अवस्था आउदैन तवसम्म शेयर बजारले पनि गति लिन सक्ने देखिदैन।

जेनजी आन्दोलन पछि बनेको सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ। तर समयमा निर्वाचन हुनेमा सबै जनामा संशय छ। यसले गर्दा निर्वाचन हुने सुनिश्चितता नभएसम्म बजारले गति लिन सक्ने देखिदैन। यस बाहेक नेपाल राष्ट्र बैंकले शेयर बजार मैत्री नीतिलाई अख्तियार गरिसकेको छ। बैंकमा प्रयाप्त तरलता छ। यद्यपी बैंकका ऋणीको ऋण तिर्न सक्ने क्षमतामा भने ह्रास आइरहेको छ। यसले वित्तीय अवस्था भित्र भित्रै खोक्रो भइरहेको विश्लेषण गरिएको छ। यसरी बैंकिङ तरलता अधिक देखिए पनि ऋणीले समयमा सावा व्याज तिर्न नसक्ने, नयाँ व्यापार व्यवसाय बढ्न सक्ने अवस्थामा सुधार देखिएको छैन। यसका लागि कन्फिडेन्स आउनु पर्ने देखिन्छ। रेमिट्यान्सले वित्तीय सूचक सकारात्मक देखिए पनि मुलुकको आन्तरिक अर्थतन्त्र बजबुद छैन। यो पनि शेयर बजार बढ्न नसक्नुको प्रमुख कारण हो।

अव आउने सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएर गतिशिल नबनाएसम्म र आर्थिक बृद्धिदरले गति नलिएसम्म बजारले पनि गति नलिने विश्लेषकहरु बताउछन्। नेपालको शेयर बजारको विगत हेर्ने हो भने पनि जतिवेला नेपालमा गार्मेट उद्योग हराबरा थियो त्यतिवेला शेयर बजारमा उछाल आएको थियो। २०६२/६३ को आन्दोलन पछि आन्दोलनमा लुकेको धन बाहिर आयो र त्यसले एक किसिमको आर्थिक गतिविधिलाई बढायो।

यस पछि २०७२ सालको भुकम्प पछि नेपालको आर्थिक बृद्धिदर ७ प्रतिशत भन्दा माथि उक्लियो जसक्रममा नेप्सेमा उछाल आयो। यस पछि कोभिड १९ आयो। जसले अर्थतन्त्रलाई थिलो थिलो पार्यो। जसको असर आजका दिनमा पनि देखिदैछ। कोभिड पछि मुलुकमा नयाँ उद्योग कलखारखाना खोल्ने भन्दा पनि बैदेशिक रोजगारमा जाने क्रम बढ्यो। ठुलो ठुला होटलमा भएको लगानीले प्रतिफल पाउन अवस्था आएन। यस अवधिमा जलविद्युत आयोजना बन्ने र जलविद्युत उत्पादन हुने बाहेक अन्य क्षेत्रमा उल्लेख्य मात्रामा उपलब्धी देखिएन। अवको केहि समय यहि जलविद्युत क्षेत्रले नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने देखिन्छ। यस बाहेक अव आउने नेतृत्वले कस्तो नीति लिन्छ र त्यसको प्रभावमा निर्भर रहनेछ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया