NIMB Header 2
Nepal Life

नेपाल सेयर बजार लगानीकर्ता संघद्वारा न्यायिक कदमबारे स्पष्टिकरण, लाञ्छनाको खण्डन

National Life
  • BFIS News
  • 2025 Dec 17 06:54
नेपाल सेयर बजार लगानीकर्ता संघद्वारा न्यायिक कदमबारे स्पष्टिकरण, लाञ्छनाको खण्डन
Sanima Reliance

काठमाडौं — नेपाल सेयर बजार लगानीकर्ता संघले पुँजीबजार सुधारका लागि चालेको न्यायिक कदमलाई लिएर केही तत्वहरूले भ्रम सिर्जना गर्दै संघको नियत र महासचिव रबिन कँडेलको व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउने प्रयास गरेको भन्दै संघले त्यसको कडा खण्डन गरेको छ।

Shikhar
NIMB

संघका महासचिव रबिन कँडेलले एक वक्तव्य जारी गर्दै धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र ऐनविपरीत गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट आम लगानीकर्ताको हकहित संरक्षणका लागि चालिएको विशुद्ध कानुनी र संवैधानिक कदम भएको स्पष्ट गर्नुभएको छ। उक्त कदमलाई कुनै कम्पनीसँग बार्गेनिङ गरिएको वा व्यक्तिगत लाभका लागि प्रयोग गरिएको भन्ने आरोपहरू पूर्णतः निराधार, कपोलकल्पित र भ्रामक भएको उहाँको भनाइ छ।

महासचिव कँडेलले आफू न्यायको सर्वोच्चतामा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै सार्वजनिक भूमिकाको दुरुपयोग गरी कुनै गैरकानुनी वा अनैतिक स्वार्थ पूरा नगर्ने स्पष्ट अडान दोहोर्याउनुभएको छ।

वक्तव्यमा संघको न्यायिक प्रक्रियालाई प्रभावित पार्न वा रोक्न सांकेतिक, मनोवैज्ञानिक तथा सामाजिक सञ्जालमार्फत धम्की, त्रास देखाउने र लोभ्याउने प्रयासहरू भइरहेकोसमेत उल्लेख गरिएको छ। यस्ता गतिविधिहरू आपराधिक प्रयास भएको भन्दै संलग्न जो कोहीको संघले कडा भर्त्सना गरेको छ र न्यायको बाटोबाट विचलित नहुने स्पष्ट सन्देश दिएको छ।

संघले पूर्ण पारदर्शिताप्रति प्रतिबद्धता जनाउँदै महासचिव कँडेल वा संघका कुनै पनि पदाधिकारी अवाञ्छित गतिविधि वा बार्गेनिङमा संलग्न भएको ठोस प्रमाण कसैसँग भए नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) मा उजुरी दिन आह्वान गरेको छ। साथै, यस विषयमा विशेष छानबिन र निगरानीका लागि नेपाल सरकार र नेपाल प्रहरीसँग सहयोगको अपेक्षा गरिएको छ।

वक्तव्यको अन्त्यमा महासचिव कँडेलले न्यायिक प्रक्रियालाई धमिल्याउने जो कोहीलाई कानुनी दायरामा ल्याउन माग गर्दै संघको संघर्ष पुँजीबजारको समग्र सुधारका लागि मात्र भएको र कुनै व्यक्तिगत स्वार्थसँग असम्बन्धित रहेको स्पष्ट पारेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया