Nepal Life

सांग्रिला बैंकका सिइओ सुयोग श्रेष्ठको तलब एक करोड १३ लाख, सरकारलाई तिरे ४६ लाख ५१ हजार कर

NMB Bank
  • BFIS News
  • 2025 Dec 17 15:52
सांग्रिला बैंकका सिइओ सुयोग श्रेष्ठको तलब एक करोड १३ लाख, सरकारलाई तिरे ४६ लाख ५१ हजार कर
National Life

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले वार्षिक तलब सुविधा बापत एक करोड १३ लाख रुपैयाँ बुझेका छन्। उनले तलब बापत ६० लाख, भत्ता ३६ लाख ४८ हजार, दशै भत्ता ८ लाख ६० हजार, संचयकोष कट्टी ६ लाख ७ हजार र अन्य सुविधा एक लाख ५४ हजार प्राप्त गरेका छन्।

Shikhar
NIMB

श्रेष्ठले उक्त तलब भत्ता बुझ्दै गर्दा सरकारलाई ४६ लाख ५१ हजार रुपैयाँ कर भुक्तानी गरेका छन्। यसरी कर कट्टटी पछि ६६ लाख ९० हजार ८१८ रुपैया हात पारेका छन्। श्रेष्ठले यस बाहेक नियम अनुसार कर्मचारी बोनस रकम प्राप्त गर्नेछन्। यसका साथै कर्मचारी उपदान बापतको रकम पनि यसमा समावेश गरिएको छैन। यसका साथै श्रेष्ठले दुर्घटना बीमा, मोबाइल खर्च, सवारी साधन सुविधा, इन्धन तथा मर्मत खर्च बैंकको कर्मचारी विनियमावली तथा करारनामामा उल्लेख भए बमोजिम सुविधाहरु दिइएको बैंकले जनाएको छ। चार्टर्ड एकाउन्टेन्ट श्रेष्ठको बैंकिङ क्षेत्रमा २६ वर्षको अनुभव रहेको छ।

बैंकको व्यवस्थापन तहका अन्य पदाधिकारीहरुले ८ करोड २२ लाख रुपैयाँ बुझेका छन्। उनिहरुले पनि सरकारलाई २३ लाख ८३ हजार रुपैयाँ कर तिरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया