NIMB Header 2
Nepal Life

रिज लाइन इनर्जी लिमिटेडको आईपीओ पुस १३ गतेदेखि निष्काशन हुँदै

National Life
  • BFIS News
  • 2025 Dec 18 11:33
रिज लाइन इनर्जी लिमिटेडको आईपीओ पुस १३ गतेदेखि निष्काशन हुँदै
Sanima Reliance

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये ११ करोड ८५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ।

यी शेयर खरिदका लागि गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडाका बासिन्दा तथा लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिकाका वडा नं. १, २ र ३ र दोर्दी गाउँपालिकाका वडा नं. ४, ५ र ६ का स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यसैगरी, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि खुला गरिएको आईपीओ छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आईपीओ छिटोमा पुस १७ गते र ढिलोमा पुस २८ गते बन्द हुने तालिका रहेको छ।

आईपीओ निष्काशन प्रयोजनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी (CARE-NP BB)’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

रिज लाइन इनर्जी लिमिटेडले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि ३० वर्ष ११ महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ। आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री भइरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले रिज लाइन इनर्जी आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल लिमिटेड, कमलादी, प्रभु बैंकका छेपेटार र पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटलले विकास गरेको https://ipoapply.prabhucapital.com अनलाइन माध्यमबाट पनि आवेदन दिन सकिनेछ। स्थानिय बासिन्दाले दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया