Nepal Life

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित

NMB Bank
  • BFIS News
  • 2025 Dec 18 11:42
भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित
National Life

काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज (पुस ३ गते) देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिँदैछ।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको शेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात ४ लाख कित्ता सोही गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको छ।

त्यसैगरी, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आईपीओ छिटोमा पुस १७ गते र ढिलोमा माघ २ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते निष्काशन बन्द हुने जनाएको छ।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ ‘सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ रहेको छ। यस आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै ३० वर्ष बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.६५ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १६.०९ वर्ष रहेको छ। कम्पनीले सो आयोजनाबाट २०८१ बैशाख ६ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गरिरहेको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ को कार्यालय, गाउँपालिका कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा तथा भुजुङ्ग हाइड्रोपावरको सामाखुशी, काठमाडौँस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाहरूले दरखास्त फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया