NIMB Header 2
Nepal Life

डाक्टर होमनाथ लुइँटेलद्वारा स्कुल प्रथम विद्यार्थीलाई जुबिल्याण्ड कलेजमा निःशुल्क अध्ययनको घोषणा

National Life
  • BFIS News
  • 2025 Dec 22 13:26
डाक्टर होमनाथ लुइँटेलद्वारा स्कुल प्रथम विद्यार्थीलाई जुबिल्याण्ड कलेजमा निःशुल्क अध्ययनको घोषणा
Sanima Reliance

काठमाडौं। दुधौली नगरपालिकाका शिक्षाप्रेमी तथा काठमाडौंस्थित जुबिल्याण्ड कलेजका फाउन्डर डाक्टर होमनाथ लुइँटेलले सिन्धुली जिल्लाका जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने घोषणा गरेका छन्।

Shikhar
NIMB

डाक्टर लुइँटेलले सिन्धुली जिल्लाका जुनसुकै विद्यालयबाट प्रथम हुने विद्यार्थीलाई काठमाडौंको जुबिल्याण्ड कलेजमा निःशुल्क पढाइ उपलब्ध गराउँदै आएको जानकारी दिए। हाल जुबिल्याण्ड कलेजमा देशभरका ३५ वटा विद्यालयबाट प्रथम भएर आएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर अध्ययन गराइरहेको उनले बताए। विशेषगरी आफ्नै गृह जिल्ला सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ का जेहेन्दार विद्यार्थीलाई निःशुल्क पढाउँदा कुनै समस्या नपर्ने उनको भनाइ छ।

डाक्टर लुइँटेल सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन्। उनले आफ्नो नगरपालिका तथा वडास्तरीय विभिन्न सामाजिक कार्यक्रममा सहभागिता जनाउँदै सहयोग गर्दै आइरहेका छन्।

यसैबीच, दुधौली नगरपालिका वडा नम्बर ७ ले भक्तपुरको घ्याम्पे डाँडामा शनिबार भव्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंमा विभिन्न पेशा–व्यवसायमा संलग्न वडा नम्बर ७ का बासिन्दाहरूको करिब सयजनाभन्दा बढीको उपस्थितिमा विविध मनोरञ्जनात्मक कार्यक्रमसहित बनभोज सम्पन्न गरेको आयोजक युवराज वास्तोलाले जानकारी दिए। यहि कार्यक्रममा डा. लुइँटेलले यस्तो घोषणा गरेका हुन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया