NIMB Header 2
Nepal Life

पूर्व विद्यार्थी समाजको पहिलो साधारण सभा, सम्मान तथा वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न

National Life
  • BFIS News
  • 2025 Dec 22 14:00
पूर्व विद्यार्थी समाजको पहिलो साधारण सभा, सम्मान तथा वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न
Sanima Reliance

काठमाडौँ । पूर्व विद्यार्थी समाज (ASNRSS), नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, तारकेश्वर–११, नेपालटारको पहिलो साधारण सभाका साथै विशिष्ट पूर्व विद्यार्थी सम्मान तथा वनभोज कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न भएको छ।

Shikhar
NIMB

विक्रम संवत् २०८१ सालमा पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्ने तथा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई अल्पकालीन र दीर्घकालीन योजनाअनुसार छात्रवृत्ति तथा पुरस्कारको व्यवस्था गर्ने उद्देश्यले पूर्व विद्यार्थी समाज (ASNRSS) दर्ता भई सञ्चालनमा आएको हो। सोही क्रममा समाजको तदर्थ समिति विघटन गरी पहिलो कार्यसमिति गठन गरिएको छ।

साधारण सभाबाट केही सदस्यहरूको हेरफेरसहित व्याच ५७ का रामराजा ओझा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्। उनी २०८२ देखि २०८५ सम्मको तीन वर्षे कार्यकालका लागि निर्वाचित १९ सदस्यीय कार्यसमितिको नेतृत्व गर्नेछन्। विभिन्न पेशा तथा फरक–फरक ब्याचबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति गठन गरिएको समाजले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रवर ध्वज थापा रहेका थिए। विशिष्ट अतिथिहरूमा भूतपूर्व शिक्षकहरू गिरीराज पोखरेल, योगेन्द्र पौडेल र योगेन्द्र शाह रहेका थिए। त्यस्तै अतिथिहरूमा कान्छा महर्जन, परमेश्वर श्रेष्ठ, अर्जुन प्रसाद पराजुली, अजित जङ्ग पराक्रम सिंह तथा विद्यालयका सबैभन्दा पुराना विद्यार्थी रामगोपाल खत्रीको उपस्थिति रहेको थियो।

यस वर्षदेखि पूर्व विद्यार्थी समाजले ‘विशिष्ट पूर्व विद्यार्थी सम्मान’ प्रदान गर्ने परम्पराको सुरुवात गरेको छ। सो अवसरमा व्याच ४७ की पूर्व विद्यार्थी तथा माननीय न्यायाधीश शर्मिला बिष्ट थापालाई समाजको नाम र प्रतिष्ठा बढाउन पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रामराजा ओझाले समाजको मुख्य उद्देश्य पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्नु र उनीहरूबाट प्राप्त सहयोग विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक उन्नतिमा लगानी गर्नु रहेको स्पष्ट पारे।

कार्यक्रममा २०० भन्दा बढी शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्व विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सोही अवसरमा अध्यक्ष ओझा, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा पूर्व विद्यार्थी समाज अंकित व्याचको अनावरण गर्नुका साथै तदर्थ समितिमा रही समाजलाई विशेष योगदान पुर्‍याउने सदस्यहरूलाई मायाको चिनो प्रदान गरेका थिए।

उल्लेखनीय रूपमा, मिति २०८२ पुष ५ गते शनिबार स्विजरल्याण्ड पार्कमा आयोजित उक्त प्रथम साधारण सभाबाट रामराजा ओझा अध्यक्ष पदमा सर्वसम्मत चयन भएकोमा समाजले निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया