Nepal Life

मेरोमाइक्रोफाइनान्स लघुवित्तले ५ प्रतिशत लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Dec 23 12:08
मेरोमाइक्रोफाइनान्स लघुवित्तले ५ प्रतिशत लाभांश घोषणा
National Life

काठमाडौं।  मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले कुल ७ करोड ९ लाख ५० हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश समावेश गरिएको छ।

पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया