Nepal Life

बीमा कम्पनीमा हकप्रद निष्काशनको लहर, १० मध्ये ५ वटाले अगाडी बढाए प्रकृयाँ

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 05:34
बीमा कम्पनीमा हकप्रद निष्काशनको लहर, १० मध्ये ५ वटाले अगाडी बढाए प्रकृयाँ
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन बीमा कम्पनीहरुको हकप्रद निष्काशनको बाटो अपनाउन सुरु गरेका छन् । बीमा प्राधिकरणका अनुसार ५ वटाले हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाइसकेका छन् । जसमध्ये केहिले अनुमति पनि पाइसकेका छन् ।

NIMB

प्राधिकरणका अनुसार एलआइसी नेपाल, एनएलजी इन्स्योरेन्स, नेको, एशियन लाइफ लगायतले अनुमति पाइसकेका छन् भने बाँकी प्रकृयाँमा छन् । तत्कालका लागि ५ जीवन र ५ निर्जीवन बीमा कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेका छन् । प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सलाई भने अझै पनि हकप्रद शेयर निष्काशनमा प्रतिवन्ध लगाउदै आएको छ । प्राधिकरणले दुबैलाई नेपाल पुनर्बीमाको शेयर बिक्रीक लागि अनुमति दिइसकेको छ । उनिहरुले सकेसम्म आन्तरिक स्रोतको उपयोग गर्नेछन् । अनि मात्रै केहि नपुग पूँजीका लागि हकप्रद शेयर निष्काशनको अनुमति पाउने प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणको सञ्चालक समितिले चुक्ता पूँजी नपुग १० कम्पनीहरुलाई आफैले विश्लेषण गरेर हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय गरेको थियो । प्राधिकरणले गएका दुई वर्ष मर्जरका लागि कसरत गर्यो । पहिलो चरणमा मर्जरका लागि दवाव दिएको प्राधिकरणले अहिले मात्रै हकप्रदको बाटो खोलिदिएको हो ।

प्राधिकरणका अनुसार जीवन बीमा तर्फका सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ र एशियन लाइफलाई हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले यसअघि नै ८६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाइसकेको छ ।

त्यस्तै निर्जीवन बीमा कम्पनी तर्फ हिमालयन एभरेष्ट, नेको, सानिमा जीआईसी, यूनाइटेड अजोड र एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न प्राधिकरणको स्वीकृति दिने निर्णय गरेको हो । उनिहरु मध्ये केहिले मात्रै हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेका छन् । प्राधिकरणले स्वीकृत गरेका कम्पनीले मात्रै हकप्रद निष्काशनको प्रकृयाँ अगाडी बढाउन पाउछन् । एनएलजीले गएको असारमै ६६ प्रतिशत हकप्रद जारी गर्न स्वीकृति पाइसकेको छ ।

जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ हुनु पर्ने छ । सो अनुसारको पुँजी पुर्याउन अधिकांश कम्पनी मर्जरमा गए । मर्जरमा गएता पनि उनीहरुको पुँजी तोकिएबमोजिमको नभएकोले बीमा प्राधिकरणले केही कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । कम्पनीले मर्जरमा गएका र नगएका गरी ५ वटा कम्पनीलाई १० देखि ८६ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ ।

सूर्यज्योति लाइफलाई १० प्रतिशत हकप्रद

बीमा प्राधिकरणको निर्णय अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने छ । साविकको सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योति लाइफले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन सो मात्राको हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । स्वीकृति १० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी बमोजिम हो ।

प्रभु महालक्ष्मीलाई १७ प्रतिशत

प्रभु महालक्ष्मीले १७ प्रतिशत हकप्रद सेयर जारी गर्न प्राधिकरणको स्वीकृति पाएको छ । हालै प्रभु र महालक्ष्मी लाइफ मर्ज भइ बनेको प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ९६ लाख रुपैयाँ बढी छ । १७ प्रतिशत हकप्रदपछि उक्त पुँजी बढेर ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ नाघ्ने छ ।

सानिमा रिलायन्सलाई २० प्रतिशत

साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । स्वीकृत २० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी अर्ब बढी अर्थात ५ अर्ब २ करोड ८ लाख रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो ।

एशियन लाइफले सबैभन्दा बढी जारी गर्ने

नेपालका जीवन बीमा कम्पनीमध्ये एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रतिशत हकप्रद जारी गर्न पाउने भएको छ । प्राधिकरणले कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । हाल ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ४२ प्रतिशत हकप्रदपछि ४ अर्ब ४८ करोड ५ लाख रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा कम हो । अपुग पुँजी भने कम्पनीले बोनस सेयर मार्फत पुर्याउने योजना बनाएको छ ।

एलआईसी नेपाललाई ८६ प्रतिशत

भारतको जोइन्ट भेञ्चर कम्पनी एलआईसी नेपालले सबैभन्दा बढी अर्थात ८६ प्रतिशत हकप्रद निष्काशन गर्न बीमा प्राधिकरणको स्वीकृति पाएको छ । सो मात्राको हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । जुन तोकिएको न्यूनतम पुँजीभन्दा कम हो ।

हिमालयन एभरेष्टलाई १२ प्रतिशत

नेपालको बीमा क्षेत्रमै पहिलो पटक मर्ज भइ इतिहास राखेको हिमालयन एभरेष्टले १२ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । मर्जरमा जाँदा जाँदै पनि तोकिएको न्यूनतम पुँजी नपुगेको भन्दै कम्पनीले प्राधिकरणलाई सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । यससँगै हाल २ अर्ब ३० करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १२ प्रतिशत हकप्रदपछि २ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ पुग्ने छ ।

नेकोलाई २५ प्रतिशत हकप्रद

मर्जरमा नगएको नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणको स्वीकृति पाएको छ । सो अनुसार कम्पनीले हकप्रद सेयर जारी गरेमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । यससँगै कम्पनीले हकप्रदबाट मात्रै तोकिएको पुँजी पुर्याउने भएको छ ।

सानिमा जीआईसीलाई पनि २५ प्रतिशत

बीमा प्राधिकरणले मर्ज भइ बनेको सानिमा जीआईसी इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति दिएको छ । हाल २ अर्ब रहेको कम्पनीको चुक्ता पुँजी २५ प्रतिशत हकप्रदपछि २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजी हो ।

यूनाईटेड अजोडले ३२ प्रतिशत निष्काशन गर्न पाउने

हालै दुई कम्पनी मर्ज भइ बनेका यूनाईटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । जसको हालको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ छ । स्वीकृति ३२ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया