NIMB Header 2
Nepal Life

प्रधानमन्त्री कार्कीलाई काँग्रेसको प्रश्नः ‘तपाईंले जेठो छोरो भन्नेकै व्यक्तिले चुनाव हुन नदिने भनेपछि हाम्रो के लाग्छ ?’

National Life
  • BFIS News
  • 2025 Dec 23 13:26
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको प्रश्नः ‘तपाईंले जेठो छोरो भन्नेकै व्यक्तिले चुनाव हुन नदिने भनेपछि हाम्रो के लाग्छ ?’
Sanima Reliance

काठमाडौं।  नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँग भएको १० बुँदे सम्झौताका पक्षधर नेताहरूबाटै निर्वाचन हुन नदिने अभिव्यक्ति आएको भन्दै आगामी निर्वाचनको निष्पक्षता र सम्पन्नतामाथि गम्भीर आशंका व्यक्त गरेका छन्।

Shikhar
NIMB

मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँग भएको छलफलका क्रममा उपसभापति गुरुङले जेनजी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्तामा ‘निर्वाचन हुन दिँदैनौँ’ भनेको उल्लेख गर्दै सरकार वास्तवमै निर्वाचन गराउन प्रतिबद्ध छ कि छैन भन्ने प्रश्न उठेेको बताए।

उनले निषेधको राजनीति र निषेधको भावनाबाट निर्वाचन सफल हुन नसक्ने स्पष्ट पार्दै सरकार स्वच्छ, निष्पक्ष र भयरहित वातावरण बनाउन असफल भएको आरोप लगाए। पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि राजनीतिक दललाई सहभागी हुन नदिई निर्वाचन सम्पन्न हुन नसक्ने उनको भनाइ थियो।

उपसभापति गुरुङले भने, “कसैलाई निषेध गरेर, रोक लगाएर निर्वाचन हुन सक्दैन। सबै राजनीतिक दल सहभागी हुने वातावरण सरकारले बनाउनुपर्छ। १० बुँदे सम्झौता गर्नेहरूले नै मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौँ भनेका छन्। प्रधानमन्त्रीले ‘जेठो छोरो’ भन्नेकै व्यक्तिले चुनाव हुन नदिने भनिसकेपछि हाम्रो के लाग्छ? यसले आशंका झन बलियो बनाएको छ।”

उनले नेपाली काँग्रेस निर्वाचनबाट नभाग्ने स्पष्ट गर्दै निर्वाचनका लागि शान्ति सुरक्षा पहिलो शर्त भएको बताए। सरकारले अझैसम्म भयमुक्त वातावरण निर्माण गर्न नसकेको जिकिर गर्दै मतदाताको मताधिकार कुण्ठित नहोस् भन्नेमा काँग्रेस दृढ रहेको उनले बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया