NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकको २३औं वार्षिकोत्सवमा लाइफटाइम फ्री क्रेडिट कार्ड अफर

National Life
  • BFIS News
  • 2025 Dec 24 19:55
सिद्धार्थ बैंकको २३औं वार्षिकोत्सवमा लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
Sanima Reliance

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि लाइफटाइम फ्री क्रेडिट कार्ड अफर सार्वजनिक गरेको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ।

Shikhar
NIMB

बैंकका अनुसार यो अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ सम्म (३० दिन) सञ्चालन हुनेछ। यस अवधिमा स्ट्यान्डर्ड क्रेडिट कार्ड लिने ग्राहकहरूले कार्डमा लाग्ने आबद्ध शुल्क (Joining Fee) तथा पहिलो वर्षको वार्षिक शुल्क (Annual Fee) पूर्ण रूपमा छुट पाउनेछन्।

लाइफटाइम फ्री सुविधासम्बन्धी व्यवस्था निश्चित शर्तमा आधारित रहने बैंकले स्पष्ट गरेको छ। दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउनका लागि ग्राहकले अघिल्लो वर्षमा कम्तीमा तीन (३) पटक क्रेडिट कार्डमार्फत कारोबार गर्नुपर्नेछ। उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको क्रेडिट कार्डको हकमा जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्र कम्तीमा तीनवटा कारोबार गरेमा दोस्रो वर्ष लाग्ने वार्षिक शुल्क पूर्ण रूपमा थौती गरिनेछ।

सिद्धार्थ बैंकले यस योजनामार्फत ग्राहकहरूलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै नगदरहित तथा डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी रूपमा प्रवर्धन गर्ने विश्वास व्यक्त गरेको छ।

यस अफरसम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा विभिन्न माध्यममार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया