Nepal Life

स्वरोजगार लघुवित्तको १७औँ वार्षिक साधारण सभा माघ ३ गते, १५ प्रतिशत लाभांश पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 26 10:41
स्वरोजगार लघुवित्तको १७औँ वार्षिक साधारण सभा माघ ३ गते, १५ प्रतिशत लाभांश पारित गर्ने
National Life

काठमाडौं — स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारण सभा माघ ३ गते, २०८२ मा आह्वान गरेको छ। सभा सोही दिन बिहान ११:३० बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा आयोजना हुनेछ।

Shikhar
NIMB

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत लाभांश पारित गर्ने प्रमुख एजेन्डा रहेको छ। संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको २९७औँ बैठकले चुक्ता पुँजी ७८.३९ करोड रुपैयाँको आधारमा कुल ११.७५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १४.२५ प्रतिशत बोनस सेयर (११.१७ करोड रुपैयाँ) र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश (५८.७९ लाख रुपैयाँ) समावेश छ।

यसका साथै, सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा रहेको छ। सार्वजनिक सेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने तथा कम्पनीसम्बन्धी कुनै पनि मर्जर वा एक्विजिसन प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

संस्थाले पुस १८ गते बुक क्लोज गर्ने जनाएको छ। उक्त मितिसम्म सेयरधनी कायम रहेका लगानीकर्ताहरूले प्रस्तावित लाभांश प्राप्त गर्नका साथै वार्षिक साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया