NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न

National Life
  • BFIS News
  • 2025 Dec 26 18:54
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
Sanima Reliance

काठमाडौं, पौष ११, २०८२ — २०५९ सालमा १७ औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २३ औँ वर्ष सफलतापूर्वक पूरा गरेको छ। बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा नक्सालस्थित प्रधान कार्यालय भवनमा का.मु. प्रमुख कार्यकारी अधिकृतसहित बैंकका कर्मचारीहरूको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरिएको हो।

Shikhar
NIMB

वार्षिकोत्सवलाई भव्य र सभ्य रूपमा मनाउने उद्देश्यले बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। यस अवसरमा फुटसल प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता तथा देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। साथै, बैंकमा निरन्तर १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूको योगदानको कदर गर्दै सम्मानसमेत गरिएको छ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बैंकले विराटनगर, दमक, वीरगंज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी ११ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक महानुभाव तथा स्थानीयवासी गरी जम्मा ४८८ जनाले रक्तदान गरेका छन्, जसमा ४३४ पुरुष र ५४ महिला रक्तदाताहरू सहभागी थिए।

बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरूले संस्थागत एकता मजबुत बनाउने, कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया