Nepal Life

बालेफी हाइड्रोपावरको १४औँ वार्षिक साधारणसभा पौष २९ मा, हकप्रद निष्काशनको प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 Dec 27 09:53
बालेफी हाइड्रोपावरको १४औँ वार्षिक साधारणसभा पौष २९ मा, हकप्रद निष्काशनको प्रस्ताव
National Life

काठमाडौं। बालेफी हाइड्रोपावर लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारणसभा आगामी पौष २९, २०८२ मा आह्वान गरेको छ। सभा उक्त दिन बिहान ११ः०० बजे होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौंमा आयोजना हुनेछ।

Shikhar
NIMB

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार साधारणसभामा विभिन्न महत्वपूर्ण प्रस्तावहरू छलफल तथा पारितका लागि पेश गरिनेछन्। सभाका प्रमुख एजेन्डाहरूमा कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षक प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने विषय समावेश छन्।

यसैगरी, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको नियुक्ति अनुमोदन गर्ने र सञ्चालक समितिको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ। अन्य विविध प्रस्तावहरू समेत छलफलका लागि राखिएको कम्पनीले जनाएको छ।

सभाका एजेन्डामध्ये  हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव पनि रहेको छ तर कति प्रतिशत हकप्रद निष्काशन गर्ने भनेर खुलाइएको छैन।

कम्पनीले जानकारी गराएअनुसार पौष १४, २०८२ लाई बुक क्लोज मिति तोकिएको छ। सो मितिभन्दा अघि कायम रहेका सेयरधनीहरू मात्र उक्त वार्षिक साधारणसभामा सहभागी हुन तथा कम्पनीका निर्णय प्रक्रियामा सहभागिता जनाउन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया