NIMB Header 2
Nepal Life

सुन र चाँदीको मूल्यमा पुनः नयाँ रेकर्ड

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 28 12:30
सुन र चाँदीको मूल्यमा पुनः नयाँ रेकर्ड
National Life

काठमाडौं। पुस १३ गते, आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २७० रुपैयाँले वृद्धि भएको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढ्दै नयाँ उचाइमा पुगेको छ। आज चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो। यसरी चाँदीको मूल्यले पनि अघिल्लो रेकर्ड तोड्दै नयाँ कीर्तिमान कायम गरेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार