Nepal Life

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप खिच्दै

NMB Bank
  • BFIS News
  • 2025 Dec 28 12:51
अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप खिच्दै
National Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि केन्द्रीय बैंकले १२ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रिया सञ्चालन गर्न लागेको हो।

Shikhar
NIMB

हाल बैंकिङ प्रणालीको कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन तथा बजार ब्याजदर सन्तुलनमा राख्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ।

उक्त बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलन रकम बाँडफाँट गर्दा बोल गरिएको ब्याजदरका आधारमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकका अनुसार आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल हुनेछ र ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ। यस निक्षेप संकलन उपकरणअन्तर्गत संकलित रकमको सावाँ तथा ब्याज आगामी २०८२ पुस २५ गते भुक्तानी गरिनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।

केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा बजार ब्याजदर व्यवस्थापनका लागि कारोबार सञ्चालन समितिले आवश्यकतानुसार बढीमा ६ महिनासम्मको अवधिका दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पछिल्ला समयहरूमा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया