NIMB Header 2
Nepal Life

रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ

National Life
  • BFIS News
  • 2025 Dec 28 13:03
रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ
Sanima Reliance

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच भएको सहमति कुनै अनौठो विषय नभएको बताएका छन्।

Shikhar
NIMB

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति गुरुङले राजनीतिमा मिल्ने–फुट्ने प्रक्रिया सामान्य भएको उल्लेख गरे। उनले को–कोसँग सहकार्य हुन्छ वा टुट्छ भन्ने कुरा नेपाली कांग्रेसका लागि चासोको विषय नभएको बताए।

गुरुङले राजनीतिमा विभिन्न किसिमका चुनौती आउने गरेको र ती चुनौतीको सामना गर्दै आएको पार्टी भएकाले यस प्रकारका सहमतिलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता नरहेको धारणा राखे। उनले कांग्रेसले राणाकालीन र पञ्चायती कालजस्ता कठिन चुनौतीहरू सामना गरिसकेको स्मरण गराए।

उनले भने, “बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन। को–को मिल्छन्, को–को जुट्छन् र को–को फुट्छन् भन्ने कुरा राजनीतिमा भइरहने प्रक्रिया हो। त्यसकारण यसलाई अनौठो मान्नुपर्दैन। राजनीति सरल ढंगबाट अघि बढ्दैन, यो चुनौतीहरूको सामना गर्ने यात्रा हो।”

उपसभापति गुरुङले कांग्रेस हरेक प्रकारका राजनीतिक चुनौती सामना गर्न सक्षम रहेको उल्लेख गर्दै हालको सहमतिले पार्टीलाई विशेष असर नपार्ने बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया