NIMB Header 2
Nepal Life

नयाँ दलप्रति कांग्रेस नेता राठौरको चुनौतीः १० वर्ष पार्टी चलाएर देखाउन आग्रह

National Life
  • BFIS News
  • 2025 Dec 28 13:16
नयाँ दलप्रति कांग्रेस नेता राठौरको चुनौतीः १० वर्ष पार्टी चलाएर देखाउन आग्रह
Sanima Reliance

काठमाडौं। नेपाली कांग्रेसका नेता किशोर सिंह राठौरले नयाँ राजनीतिक दलहरूलाई कम्तीमा १० वर्षसम्म पार्टी सञ्चालन गरेर देखाउन चुनौती दिएका छन्।

Shikhar
NIMB

आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

राठौरले केही वर्षअघि मात्र स्थापना भएका जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदाहरण दिँदै उनीहरूले दीर्घकालीन रूपमा पार्टी सञ्चालन गरेर क्षमता प्रमाणित गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेस, नेकपा एमालेजस्ता परम्परागत दलहरूले लामो संघर्षमार्फत देशमा जनताको अधिकार र विकासका आधार तयार पारेको दाबी गरे।

उनले नयाँ दलहरूमाथि टिप्पणी गर्दै सहकारी ठगी, दलाल र गैरजिम्मेवार प्रवृत्तिका व्यक्तिले देश चलाउन नसक्ने आरोप लगाए। साथै, पपुलिस्ट राजनीतिका अन्तर्राष्ट्रिय उदाहरण उल्लेख गर्दै यस्ता प्रवृत्तिबाट मुलुक जोखिममा पर्न सक्ने चेतावनी पनि दिए।

राठौरले भने, “यी नयाँ पार्टीहरू ठूला कुरा गर्छन्, चर्का अभिव्यक्ति दिन्छन्। १० वर्ष पार्टी चलाएर देखाउन सकून्, त्यसपछि कुरा गरौँला। पाँच वर्ष पनि टिक्न सकेका छैनन्। सबैलाई राजनीति गर्ने अधिकार दिलाउन हामीले लामो संघर्ष गरेका हौँ।”

उनले भ्रष्टाचार नियन्त्रणमा चुनौती रहेको स्वीकार गर्दै अहिलेको वा भावी कुनै पनि सरकारले सजिलै यसलाई समाधान गर्न नसक्ने धारणा राखे। साथै, पार्टीको १४औँ महाधिवेशनमा पराजित भएकाहरूले अनावश्यक रूपमा चर्को प्रतिक्रिया दिनु उपयुक्त नभएको बताए।

कांग्रेस नेता राठौरले फागुन २१ गते निर्वाचन नभए मुलुक गृहयुद्धतर्फ जान सक्ने भन्दै राजनीतिक स्थिरता र निर्वाचनको महत्त्वमा जोड दिए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया