Nepal Life

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रमका सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Dec 28 18:20
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं महाधिवेशन कार्यक्रमका सम्पन्न
National Life

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं केन्द्रीय महाधिवेशन कार्यक्रम नेपालगंजमा ८०० सय भन्दा बढी कर्मचारीका बीच भब्यताका साथ पुस ११ र १२ गते सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच महाधिवेशन मूल कायक्रमको समुद्घाटन गरेका थिए। 

Shikhar
NIMB

संघको १२ औँ केन्द्रीय महाधिवेशन सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं , वरिष्ठ उपाध्यक्षमा कबिराज बराज, महासचिवमा ऋषिराम ज्ञवाली सहित ४१ सदस्यीय केन्द्रीय समिती निवार्चित भएको छ । यो महाधिवेशनले लिएको नीति र नेतृत्वले आम कर्मचारीमा उच्च मनोबल कायम गर्न कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भई कुशलता पूर्वक सबै समस्याको समाधान गरी राष्ट्रिय वाणिज्य बैंकको श्रीवृद्धिमा जोड दिने विश्वास लिएको छ ।

आम कर्मचारीहरुले सघं माथि देखाउनु भएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल एउटा समिती परिवर्तनको मात्र होइन संस्थाको हित र प्रगतिको लागि संघले बोकेको संकल्पको विजयको रुपमा लिएको छ । महाधिवेशनको पूर्वसंध्यामा कर्मचारीहरुले नेपालगंज नगरमा प्लेकार्ड, ब्यानर सहित प्रभातफेरी गरेका थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया