NIMB Header 2
Nepal Life

नबिल बैंक सहित यि ७ कम्पनी जसको लाभांश आजसम्म शेयर किन्नेले मात्रै पाउनेछन्,

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 29 12:47
नबिल बैंक सहित यि ७ कम्पनी जसको लाभांश आजसम्म शेयर किन्नेले मात्रै पाउनेछन्,
National Life

काठमाडौं । सेयरधनीहरूका लागि आज महत्वपूर्ण दिन रहेको छ । आज विभिन्न ८ वटा सूचीकृत कम्पनीहरूले प्रस्ताव गरेका लाभांश सुरक्षित (बुक क्लोज अघि नाम दर्ता) गर्ने अन्तिम दिन हो । यी कम्पनीहरूले आ–आफ्नो साधारण सभा आह्वान गरिसकेका छन् ।

Shikhar
NIMB

बुटवल पावर कम्पनी लिमिटेड (BPCL)

बुटवल पावर कम्पनीले २८ पुस २०८२ मा आफ्नो ३३औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा कर्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।

पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीमा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको बुक क्लोज पुस १५ गते रहेको छ । सो मितिभन्दा अघि कायम सेयरधनीले लाभांश प्राप्त गर्नुका साथै सभामा सहभागी हुन सक्नेछन् ।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB)

सपोर्ट लघुवित्तले ३० पुस २०८२ मा आफ्नो ११औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ । सभा स्काई लक्स होटल, इटहरी–३, नुवाकोटमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पुस १६ गते बुक क्लोज तोकिएकाले सोभन्दा अघि सेयरधनी कायम रहेकाहरू लाभांश र सभामा सहभागी हुन योग्य हुनेछन् ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL)

मिथिला लघुवित्तको १७औँ वार्षिक साधारण सभा ३० पुस २०८२ मा गौतम होटल, बर्दिवास, धनुषामा बिहान ११ बजे हुनेछ ।
कम्पनीले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसअन्तर्गत १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । बुक क्लोज पुस १६ गते तोकिएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL)

छिमेक लघुवित्तले २९ पुस २०८२ मा होटल समाना, हेटौंडामा बिहान ११ बजे २४औँ वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ । बुक क्लोज पुस १६ गते रहेको छ ।

नबिल बैंक लिमिटेड (NABIL)

नबिल बैंकको ४१औँ वार्षिक साधारण सभा २८ पुस २०८२ मा त्रिभुवन आर्मी अफिस, भद्रकाली, काठमाडौंमा बिहान ११:१५ बजे सुरु हुनेछ । बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बुक क्लोज पुस १६ गते तोकिएको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL)

डिप्रोक्स लघुवित्तको २४औँ वार्षिक साधारण सभा २८ पुस २०८२ मा होटल सेवन लिमिटेड, सौराहा, चितवनमा बिहान १० बजे हुनेछ ।
कम्पनीले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । बुक क्लोज पुस १६ गते रहेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (IGI)
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २४ पुस २०८२ मा अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान १० बजे २८औँ वार्षिक साधारण सभा आयोजना गर्दैछ । कम्पनीले ५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ ।  बुक क्लोज पुस १६ गते तोकिएको छ । कम्पनीहरूले तोकेको बुक क्लोजर मितिभन्दा अघि सेयरधनी कायम रहेकाहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सम्बन्धित साधारण सभामा सहभागी हुन पाउनेछन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया