Nepal Life

लक्ष्मी सनराइज बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

NMB Bank
  • BFIS News
  • 2025 Dec 29 14:45
लक्ष्मी सनराइज बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित
National Life

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजित साधारणसभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

Shikhar
NIMB

साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१/०८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू (सहायक कम्पनीसहित) छलफल गरी स्वीकृत गरिएको छ।

सभाले बैंकको लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले चुक्ता पूँजीको ०.५३ प्रतिशतका दरले १२ करोड ८१ लाख ३९ हजार ५३८ रुपैयाँ बराबरको नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरिएको छ।

त्यसैगरी बैंकको हालको चुक्ता पूँजीको १० प्रतिशतका दरले २ अर्ब ४३ करोड ४६ लाख ५१ हजार २२३ रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभाबाट स्वीकृत भएको छ। बोनस शेयर जारी गर्न आवश्यक हदसम्म अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने निर्णय समेत पारित गरिएको छ।

बोनस शेयर वितरणसँगै अधिकृत तथा चुक्ता पूँजी वृद्धि सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बैंकको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरिएको छ। साथै प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन वा समायोजन गर्न बैंकको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया