NIMB Header 2
Nepal Life

नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनबाट स्वीकृत, १ अर्ब ६० करोडको बन्दमुखी फण्ड निष्काशन हुँदै

National Life
  • BFIS News
  • 2025 Dec 29 21:07
नेपाल लाइफ समृद्धि लगानी योजना सेबोनबाट स्वीकृत, १ अर्ब ६० करोडको बन्दमुखी फण्ड निष्काशन हुँदै
Sanima Reliance

काठमाडौं । कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना (Nepal Life Samriddhi Lagani Yojana)” नामक सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत भएको छ ।

Shikhar
NIMB

सेबोनले मिति २०८२/०९/१३ गते प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले १६ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो । यसअनुसार कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष जारी हुन लागेको हो ।

यो योजना नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पहिलो बन्दमुखी सामूहिक लगानी योजना हो । योजनाको अवधि १० वर्षको रहनेछ ।

निष्काशन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाले ईका नेपाल लिमिटेडबाट कोष प्रवर्द्धकका लागि “[ICRANP-IR] AA-” रेटिङ प्राप्त गरेको छ, जसले वित्तीय दायित्व समयमै भुक्तानी गर्न उच्च स्तरको सुरक्षा रहेको संकेत गर्दछ । त्यसैगरी योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडले “[ICRANP] AMC Quality 3 (AMC3)” रेटिङ प्राप्त गरेको छ, जसले व्यवस्थापन गुणस्तरमा पर्याप्त आश्वासन जनाउँछ ।

फण्ड बिक्रीबाट संकलित रकम नेपाल धितोपत्र बोर्डमा दर्ता भएका धितोपत्र, सार्वजनिक निष्काशन भएका तथा धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नेपाल सरकारको नियन्त्रणमा रहेका संस्थाले जारी गरेका ऋणपत्र, ट्रेजरी बिल तथा अन्य मुद्रा बजारका साधनहरूमा लगानी गरिने योजना व्यवस्थापकले जनाएको छ ।

योजना व्यवस्थापकका अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी छिट्टै सर्वसाधारण लगानीकर्ताका लागि इकाईहरू बिक्रीमा ल्याइनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया