NIMB Header 2
Nepal Life

सुनचाँदीको भाउमा गिरावट, तीन दिनमा प्रति तोला ९६०० रुपैयाँले घट्यो

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 31 11:21
सुनचाँदीको भाउमा गिरावट, तीन दिनमा प्रति तोला ९६०० रुपैयाँले घट्यो
National Life

काठमाडौं — नेपाली सुनचाँदी बजारमा आज सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १,१०० रुपैयाँले घटेको छ।

Shikhar
NIMB

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि छापावाल सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजाबी सुन प्रतितोला २ लाख ६० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हिजोको मूल्य २ लाख ६१ हजार ४०० रुपैयाँको तुलनामा तोलामा १,१०० रुपैयाँ कम हो।

गत डिसेम्बर २८, २०२५ मा छापावाल सुनले प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँको ऐतिहासिक उच्च मूल्य कायम गरेपछि हाल बजारमा सामान्य करेक्सन देखिएको व्यवसायीहरूले बताएका छन्।

यसैबीच, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले घट्दै ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा उतारचढाव भइरहेको जानकारहरूको भनाइ छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया