Nepal Life

नेपाल राष्ट्र बैंकले पुनः २५ अर्ब रुपैयाँ तरलता झिक्ने

NMB Bank
  • BFIS News
  • 2026 Jan 04 11:56
नेपाल राष्ट्र बैंकले पुनः २५ अर्ब रुपैयाँ तरलता झिक्ने
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज पुनः २५ अर्ब रुपैयाँ झिक्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ मार्फत एक वर्षका लागि उक्त रकम बजारबाट तान्न लागेको हो।

Shikhar
NIMB

करिब १० वर्षको अन्तरालपछि गत सातादेखि ऋणपत्र जारी गर्न थालेको राष्ट्र बैंकले यसै साताभित्र तेस्रो पटक यो उपकरण प्रयोग गर्न लागेको हो। यसअघि गत सोमबार र बुधबार पनि बैंकले २५/२५ अर्ब रुपैयाँका दरले बजारबाट रकम झिकेको थियो।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको बोलकबोल आज (पुस २० गते) दिउँसो २ बजे हुनेछ। ऋणपत्रको परिपक्व अवधि एक वर्षको रहनेछ भने साँवा भुक्तानी २०८३ पुस २० गते हुनेछ। ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ र ब्याज भुक्तानी प्रत्येक ६/६ महिनामा गरिने व्यवस्था गरिएको छ।

लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी (५ करोडको गुणाङ्कमा) आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।

खरिद गरिएको ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाहरूले अन्य बैंक वा स्वयं राष्ट्र बैंकमा धितो राखी कर्जा लिन समेत प्रयोग गर्न सक्नेछन्।

बजारमा लगानीयोग्य रकम अत्यधिक थुप्रिएपछि ब्याजदर सन्तुलनमा राख्न र तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पछिल्लो समय आक्रामक रूपमा यस्ता मौद्रिक उपकरणमार्फत बजारबाट पैसा झिक्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया