पिस इनर्जीको आईपीओ निष्कासनका लागि माछापुच्छ्रे क्यापिटलसँग सम्झौता
- BFIS News
- 2026 Jan 05 15:51
काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेड र पिस इनर्जी कम्पनी लिमिटेडबीच पिस इनर्जीको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि संस्थागत परामर्श सेवा तथा निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता आज मिति २०८२/०९/२१ गते हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार पिस इनर्जी कम्पनी लिमिटेडले जारी पुँजीको २० प्रतिशत बराबरको ३२ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्नेछ। उक्त शेयर निष्कासनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता तथा निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको हो।
सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार तथा निष्कासनकर्ता कम्पनी पिस इनर्जी कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
पिस इनर्जी कम्पनी लिमिटेडले ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिकामा अवस्थित कावेली खोलाको पानीको बहाव सदुपयोग गरी २८.१ मेगावाट क्षमताको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अनुसार आयोजनाको भौतिक प्रगति हालसम्म ६१ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। आयोजना २०८३ साल कार्तिक १४ गतेभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिइएको छ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीका रूपमा स्थापित यस धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्कासन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोषसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)








.jpeg)








प्रतिक्रिया