NIMB Header 2
Nepal Life

‘शेयरधनीलाई उच्च प्रतिफल दिन प्रतिबद्ध छौं’ आईएमई लाइफ अध्यक्ष डा. अर्याल

National Life
  • BFIS News
  • 2026 Jan 08 12:01
‘शेयरधनीलाई उच्च प्रतिफल दिन प्रतिबद्ध छौं’ आईएमई लाइफ अध्यक्ष डा. अर्याल
Sanima Reliance

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले आर्थिक सूचकहरू उत्साहजनक रहेकाले शेयरधनीलाई १०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने सफल भएको बताएका छन्। कम्पनीको आज सम्पन्न नवौ वार्षिक साधारणसभाले प्रस्तुत लाभांश पारित गरेको छ।

Shikhar
NIMB

सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण माथि छलफल गरी पारित गरेको छ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क उद्धृत गर्दै अध्यक्ष अर्यालले आर्थिक वर्ष २०८१/०८२ मा जीवन बीमा उद्योगको कुल बीमा शुल्क आर्जन १५.२८ प्रतिशतले वृद्धि भई १ खर्ब ८२ अर्ब २७ करोड पुगेको बताए। सोही अवधिमा आईएमई लाइफको कुल बीमा शुल्क आर्जन २०.७० प्रतिशतले वृद्धि भई ५ अर्ब ७२ करोड २४ लाख पुगेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले १ अर्ब ५९ करोड २ लाख बीमा शुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै २१ प्रतिशत बढी हो।

समीक्षा अवधिमा कम्पनीको जगेडा तथा कोष ७.२९ प्रतिशतले वृद्धि भई १ अर्ब ८७ करोड ३ लाख पुगेको छ भने जीवन बीमा कोष ४३.१० प्रतिशतले बढेर १३ अर्ब १२ करोड १० लाख पुगेको अध्यक्ष अर्यालले जानकारी दिए। चालु आर्थिक वर्षको असोज मसान्तसम्म जीवन बीमा कोष थप वृद्धि भई १४ अर्ब १८ करोड ६२ लाख पुगेको छ।

कम्पनीले व्यावसायिक कारोबार सुरु गरेको नवौँ वर्षमा प्रवेश गरिसकेको उल्लेख गर्दै अध्यक्ष अर्यालले मर्जर तथा प्राप्तिमा नगई संस्थागत सुदृढीकरण, पूँजी वृद्धी र प्रिमियममा सर्वसाधारणलाई शेयर निष्काशन गर्दै नियमनकारी निकायले तोकेको चुक्ता पूँजी कायम गरेको बताए। हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुगेको छ।

समीक्षा वर्षमा प्रमुख आर्थिक सूचकहरू सोल्भेन्सी रेसियो, प्राइस अर्निङ रेसियो, प्रथम तथा नविकरण बीमाशुल्क संकलन सबैमा सुधार आएको र यसकै आधारमा वितरणयोग्य मुनाफाबाट ५२ करोड ६२ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरिएको उनले बताए।

अध्यक्ष अर्यालले कम्पनीले व्यवसायसँगै पर्यावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ESG) लाई पनि उच्च प्राथमिकता दिएको उल्लेख गरे। डिजिटल सेवा विस्तार, छिटो तथा प्रभावकारी दाबी भुक्तानी, ग्राहक शिक्षा, नविनतम बीमालेख विकास, लगानी विविधिकरण र प्रविधिमैत्री प्रणाली विकासमा कम्पनी निरन्तर क्रियाशील रहने प्रतिबद्धता उनले व्यक्त गरे।

अध्यक्ष अर्यालले शेयरधनी, बीमित, नियमनकारी निकाय, कर्मचारी, अभिकर्ता, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक सुझाव र सहयोगको अपेक्षा रहेको बताए।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया