NIMB Header 2
Nepal Life

एनएमबी बैंकका ठूला लगानीकर्ताको शेयर स्वामित्वमा हेरफेर, यि हुन् सबैभन्दा ठुला १४ शेयरधनी

Muktinath Bank
  • BFIS News
  • 2026 Jan 08 12:44
एनएमबी बैंकका ठूला लगानीकर्ताको शेयर स्वामित्वमा हेरफेर, यि हुन् सबैभन्दा ठुला १४ शेयरधनी
National Life

काठमाडौँ । एनएमबी बैंक लिमिटेडका ठूला लगानीकर्ताको शेयर स्वामित्वमा पछिल्लो एक वर्षमा उल्लेखनीय हेरफेर देखिएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका लगानीकर्ताको संख्या १४ रहेको छ ।

Shikhar
NIMB

प्रतिवेदन अनुसार बैंकका केही ठूला लगानीकर्ताले आफ्नो शेयर हिस्सा घटाएका छन् भने केहीको स्वामित्व सामान्य रुपमा बढेको देखिन्छ । सुशिल कुमार गोशालीले आफ्नो शेयर स्वामित्व ०.९५ प्रतिशतबाट ०.९० प्रतिशतमा झारेका छन् । त्यस्तै, गाईत्री इन्भेष्टमेन्ट एण्ड म्यानेजमेन्ट प्रालिको स्वामित्व १.८२ प्रतिशतबाट १.७४ प्रतिशतमा घटेको छ । सुनिल कुमार गोशालीको १.०४ प्रतिशतबाट १ प्रतिशतमा, पुरुषोत्तम लाल संघाईको ०.७१ प्रतिशतबाट ०.६८ प्रतिशतमा तथा सन्तोष राठीको ०.५८ प्रतिशतबाट ०.५४ प्रतिशतमा झरेको छ ।

यसबीच धनन्जय प्रसाद आचार्यको शेयर स्वामित्व भने १.५३ प्रतिशतबाट बढेर १.५४ प्रतिशत पुगेको छ । गएको वर्ष आधारभूत शेयरधनीको सूचीमा रहेका बलराम न्यौपानेले शेयर बिक्री गरेसँगै उक्त समूहबाट बाहिरिएका छन् । त्यस्तै, दिनबन्धु अग्रवालले पनि ०.५३ प्रतिशत शेयर बिक्री गर्दै ठूला लगानीकर्ताको सूचीबाट बाहिरिएका हुन् ।

एनएमबी बैंकमा कुल १७.९१ प्रतिशत शेयर स्वामित्व विदेशी कम्पनीहरूको रहेको छ । दुई विदेशी कम्पनीले उक्त हिस्सा होल्ड गरेका छन् । नेदरल्याण्ड्सको एफएमओ नामक कम्पनी बैंकको सबैभन्दा ठूलो शेयरधनी हो, जसको १३.६९ प्रतिशत स्वामित्व रहेको छ । हाल एफएमओसँग २ करोड ५१ लाख ४७ हजारभन्दा बढी कित्ता शेयर छन् ।

त्यसैगरी, मलेसियाको यंग लयिन रियल्टी एसडीएन बीएचडी एनएमबी बैंकको तेस्रो ठूलो शेयरधनी हो । कम्पनीसँग ७७ लाख ४२ हजारभन्दा बढी कित्ता शेयर रहेको छ, जसको स्वामित्व ४.२२ प्रतिशत रहेको छ । दोस्रो ठूलो शेयरधनीका रूपमा कर्मचारी सञ्चय कोष रहेको छ । कोषसँग १ करोड १ लाख ५० हजार ७०० भन्दा बढी कित्ता शेयर रहेको छ भने स्वामित्व हिस्सा ५.५३ प्रतिशत छ ।

शेयर स्वामित्वमा देखिएको यो परिवर्तनले बैंकको लगानी संरचना थप विविध बन्दै गएको संकेत गरेको छ भने विदेशी तथा संस्थागत लगानीकर्ताको भूमिकालाई पनि मजबुत बनाएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया