NIMB Header 2
Nepal Life

सानिमा रिलायन्स लाईफको नवौँ वार्षिक साधारणसभा सम्पन्न, १०.१७८० प्रतिशत नगद लाभांश पारित

National Life
  • BFIS News
  • 2026 Jan 08 14:58
सानिमा रिलायन्स लाईफको नवौँ वार्षिक साधारणसभा सम्पन्न, १०.१७८० प्रतिशत नगद लाभांश पारित
Sanima Reliance

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको साधारणसभा शुभ इभेन्ट्स, बाँसबारी, काठमाडौंमा सम्पन्न भएको हो।

Shikhar
NIMB

साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तावित १०.१७८० प्रतिशत नगद लाभांश पारित गरेको छ। पारित लाभांशअनुसार कम्पनीको हालको चुक्ता पूँजी रु. ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ को १०.१७८० प्रतिशतका दरले हुने रु. ५१ करोड ४ लाख १८ हजार ९७० रुपैयाँ (कर सहित) नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरिएको छ। साथै, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा NFRS प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी स्वीकृत गरिएको छ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ। हालका लेखापरीक्षक श्री जे.बी. राजभण्डारी एण्ड डिवीन्स, चार्टर्ड एकाउन्टेन्ट्स लाई पुनः लेखापरीक्षकको रूपमा नियुक्त गरिएको छ।

यसैगरी, सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गरिएको नियुक्ति लाई साधारणसभाले अनुमोदन गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) बमोजिम आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरिएको खर्च पनि सभाबाट अनुमोदन गरिएको छ।

साधारणसभाले पारित गरेका सामान्य तथा विशेष प्रस्ताव कार्यान्वयनका क्रममा नियमनकारी निकायबाट कुनै संशोधन, परिवर्तन वा निर्देशन प्राप्त भएमा सो अनुरूप आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया