NIMB Header 2
Nepal Life

शिक्षामन्त्री पुनले अस्वीकारे विदेश भ्रमण: “विदेश घुमेर अर्थतन्त्र बन्छ?”

National Life
  • BFIS News
  • 2026 Jan 09 14:52
शिक्षामन्त्री पुनले अस्वीकारे विदेश भ्रमण: “विदेश घुमेर अर्थतन्त्र बन्छ?”
Sanima Reliance

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सङ्कटपूर्ण रहेको अवस्थामा कुनै पनि वैदेशिक भ्रमणमा नजाने घोषणा गरेका छन्।

Shikhar
NIMB

मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै इजरायल र साउदी अरबबाट प्राप्त दुई महत्त्वपूर्ण निमन्त्रणालाई अस्वीकार गरेको जानकारी दिएका छन्। उनलाई इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४–६ मा आयोजना हुने ‘EducAIton २०२६’ तथा साउदी अरबको रियादमा मे ३–४ मा हुने ‘Human Capability Initiative (HCI)’ कार्यक्रममा सहभागी हुन औपचारिक निमन्त्रणा आएको थियो। तर, उनले यी दुवै कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन्।

आफ्नो पोस्टमा मन्त्री पुनले आक्रोश व्यक्त गर्दै लेखेका छन्, “देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन, किनभने केही गर्न पैसा चाहिन्छ। के विदेश घुमेर अर्थतन्त्र बन्छ?” उनले वैदेशिक भ्रमणमा खर्च गर्नुभन्दा देशको आन्तरिक आर्थिक अवस्था सुधार्न प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

सरकारी पदमा रहँदै पनि विदेशी भ्रमणबाट हुने खर्च कटौती गर्ने मन्त्री पुनको निर्णयको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया