NIMB Header 2
Nepal Life

अमेरिकी ‘रसिया स्याङसन बिल’ले भारतमा खैलाबैला, नेपाललाई पनि पर्न सक्छ असर

National Life
  • BFIS News
  • 2026 Jan 09 15:45
अमेरिकी ‘रसिया स्याङसन बिल’ले भारतमा खैलाबैला, नेपाललाई पनि पर्न सक्छ असर
Sanima Reliance

काठमाडौं । अमेरिकी संसदमा ‘रसिया स्याङसन बिल’ पेश हुने तयारीले भारतमा राजनीतिक–व्यापारिक खैलाबैला मच्चाएको छ।

Shikhar
NIMB

यस विधेयक पारित भए अमेरिकाले रुसबाट तेल खरिद गर्ने देशहरूमाथि ५०० प्रतिशतसम्म अतिरिक्त कर (ट्यारिफ) लगाउन सक्नेछ। यसले भारतमाथि प्रत्यक्ष दबाब पर्ने सम्भावना देखिएको छ भने नेपालमा पनि यसको असर पर्न सक्ने अनुमान गरिएको छ।

यो विधेयक अमेरिकी रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको नेतृत्वमा तयार भएको हो र त्यसैले यसलाई ‘द लिन्डसे ग्राहम बिल’ पनि भनिन्छ। बिल पारित भएमा अमेरिकाले भारत र चीन जस्ता देशलाई रुसबाट सस्तो तेल खरिद गर्नबाट रोक्न दबाब दिन सक्नेछ।

विशेषज्ञहरूका अनुसार भारतसँग यस अवस्थामा दुई विकल्प मात्र बाँकी रहन्छ– या त ५०० प्रतिशत ट्यारिफको सामना गर्ने वा रुसबाट तेल आयात बन्द गर्ने। ग्राहमले बुधबारको एक्सपोस्टमा भनेका छन् कि विधेयकले राष्ट्रपति ट्रम्पलाई सस्तो रुसी तेल किन्ने देशहरूलाई दण्डित गर्ने अनुमति दिनेछ।

ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका संस्थापक अजय श्रीवास्तव भन्छन्, “यदि बिल पारित भयो भने भारतबाट अमेरिका जाने ८७.४ अर्ब डलरको निर्यात खतरामा पर्छ। ट्रम्पले दबाब जारी राख्ने भएकाले भारतले आफ्नो नीति स्पष्ट गर्नुपर्छ।”

यद्यपि, अहिलेसम्म भारतले रुससँगको तेल आयात रोक्ने योजना सार्वजनिक गरेको छैन। तर यदि अमेरिका दबाबमा भारत झुक्यो भने नेपालले पनि असर अनुभव गर्न सक्नेछ। नेपाल आयल निगमका एक अधिकारीका अनुसार, “नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्छ। भारतले रुसको तेल आयात बन्द गरेमा मूल्य सृंखला प्रभावित भएर नेपालमा मूल्य वृद्धि हुन सक्छ।”

यसैबीच, अमेरिकी निर्णयले अन्तर्राष्ट्रिय गठबन्धनमा पनि असर पारेको छ। अमेरिका अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) र अन्य संगठनबाट बाहिरिने तयारीमा छ, जसको मुख्यालय नयाँ दिल्लीमा छ।

रोयटर्सको रिपोर्टअनुसार, भारतले पनि यस अवस्थामा आफ्नो रणनीति परिमार्जन गर्दै चीनसँगको ठेक्का नियममा फुकुवा गर्ने योजना बनाएको छ। सन् २०२० को गलवान झडपपछिको पाँच वर्ष पुरानो प्रतिबन्धलाई हटाएर चिनियाँ कम्पनीहरूलाई बोलपत्रमा सहभागी गराउने तयारी भइरहेको छ।

विशेषज्ञहरूको भनाइ अनुसार, यदि अमेरिका बेलागाम दबाब जारी राख्यो भने भारत र नेपाल दुवैको व्यापारिक सन्तुलन प्रभावित हुन सक्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया