Nepal Life

विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो, २१.७ महिनाको वस्तु आयात धान्ने क्षमता

NMB Bank
  • BFIS News
  • 2026 Jan 09 15:50
विदेशी मुद्रा सञ्चिति ३२ खर्ब नाघ्यो, २१.७ महिनाको वस्तु आयात धान्ने क्षमता
National Life

काठमाडौं। चालु आवको मंसीर मसान्तसम्म देशको विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ।

Shikhar
NIMB

हरेक महिनामा बढ्दो रेमिट्यान्सले विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति पाँच महिनामा १९.६ प्रतिशतले बढेर ३२ खर्ब १ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो।

अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेकोमा मंसीर मसान्तसम्म २२ अर्ब १३ करोड डलर पुगेको छ, जसले डलरमा १३.५ प्रतिशत वृद्धि देखाउँछ।

विदेशी मुद्रा सञ्चितिको ठूलो हिस्सा राष्ट्र बैंकसँग २८ अर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.२ प्रतिशत रहेको छ। राष्ट्र बैंकले नेपालको भारतसँगको ६० प्रतिशतभन्दा बढी व्यापारको आवश्यकतालाई ध्यानमा राखेर पर्याप्त भारतीय मुद्रा राख्ने गरेको छ।

राष्ट्र बैंकका अनुसार, हालको मुद्रा सञ्चितिले १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यदि नेपालले केवल आवश्यक वस्तु आयात गर्नेतर्फ केन्द्रित भए, भने यो सञ्चिति २१.७ महिनासम्मको आयात धान्न सक्षम हुनेछ। यसैगरी, विदेशी मुद्रा सञ्चितिको हिस्सा कुल घरेलु उत्पादनको ५२.४ प्रतिशत रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया