NIMB Header 2
Nepal Life

सन नेपाल लाइफ इन्स्योरेन्सको आठौँ तथा नवौँ वार्षिक साधारण सभा सम्पन्न, २०.२६ प्रतिशत लाभांश पारित

National Life
  • BFIS News
  • 2026 Jan 09 19:09
सन नेपाल लाइफ इन्स्योरेन्सको आठौँ तथा नवौँ वार्षिक साधारण सभा सम्पन्न, २०.२६ प्रतिशत लाभांश पारित
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक साधारण सभा मिति २०८२/०९/२५ गते शुक्रबार अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको छ।

Shikhar
NIMB

कम्पनीका संचालक समितिका अध्यक्ष श्री अनुज क्यालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ का वार्षिक प्रतिवेदन पारित गरेको छ। सभाबाट लेखापरीक्षकको प्रतिवेदनसहित दुवै आर्थिक वर्षका वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचिहरूसहितको वित्तीय विवरण प्रतिवेदन स्वीकृत गरिएको हो।

साधारण सभाले लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावसमेत पारित गरेको छ। साथै, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. ५ अर्ब ३ करोड १२ लाख ३२ हजार (रु. ५,०३१,२३२,०००) को ५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थसहित १५.२६३२ प्रतिशत नगद लाभांश गरी कुल २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ।

साधारण सभाको अन्त्यमा संचालक किरण के.सी.ले धन्यवाद ज्ञापन गरेका थिए। सभाको सञ्चालन कम्पनी सचिव बिनोद शर्मा पौडेलले गरेका थिए। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया