NIMB Header 2
Nepal Life

नेपाल लाइफको कोशी प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न, भुवन पुडासैनी अध्यक्ष

National Life
  • BFIS News
  • 2026 Jan 11 12:19
नेपाल लाइफको कोशी प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न, भुवन पुडासैनी अध्यक्ष
Sanima Reliance

काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफको कोशी प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। पुस २६ गते शनिबार सम्पन्न अधिवेशनले भुवन पुडासैनीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

Shikhar
NIMB

अधिवेशनको उद्घाटन तथा समापन कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका केन्द्रीय अध्यक्ष गणेश अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले अभिकर्ता पेशालाई थप मर्यादित, व्यवस्थित र सशक्त बनाउँदै अभिकर्ताहरूको हकहितका लागि सक्रिय रूपमा काम गर्न आग्रह गरे।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष भुवन पुडासैनी चयन भएका छन्। उपाध्यक्षमा रेखबहादुर तामाङ र रामकृष्ण उराव, महिला उपाध्यक्षमा मन्जरी नेपाल चयन भएका छन्। यस्तै सचिवमा उमेश अधिकारी, सहसचिवमा निश्चल खुलाल र अनिल बस्नेत, महिला सहसचिवमा कमला खत्री तथा कोषाध्यक्षमा गिरीराज उप्रेती चयन भएका छन्।

अधिवेशनबाट चयन भएको कार्यसमितिले आगामी कार्यकालमा अभिकर्ताहरूको पेशागत विकास, क्षमता अभिवृद्धि तथा अधिकार संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया